logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नेपाल एसबिआई बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • आइतबार, पुष १५ २०८०

काठमाडौं । शेयर धनीलाई चुक्ता पँजीमा १०.५५% लाभांश (३.७५% बोनश शेयर तथा ६.८०% नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित नेपाल एसबिआई बैंक लि.का शेयरधनीहरुको ३०औँ वार्षिक साधारण सभा मिति २०८०पौष १३ गते २९ डिसेम्बर २०२३ त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भयो ।



उक्त सभाले बैंकको आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व.२०७९/८० वार्षिक आर्थिक विवरण असार मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित ग¥यो ।

साधारण सभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७९/८० को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण समेत स्वीकृत ग¥यो । सभाले बैंकका शेयर धनीहरुलाई ३.७५% बोनश शेयर र ६.८०% नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी चुक्ता पुँजीमा जम्मा१०.५५प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त साधारण सभाले आ.व. २०८०/८१ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर उपाध्या एण्ड कं., चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखा परीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।

साथै, उक्त सभाले बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वाप्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend