जन आकाश
काठमाडौ । काठमाडौको बसन्तपुर कुमारी मन्दिर परिसरमा आज जागरुक युवा समूूकको अगुवाईमा टोपी दिवश भव्यताका साथ मनाइएको छ । देशको पहिचानलाई विर्सन हुदैन भनि १० बर्ष अगाडी आज कै दिन नेपालका युवाहरुले टोपी दिवशको थालनी गरेको युवा जागरुक अभियानका संयोजक समेत रहेका घनश्याम श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुुराकानी गर्ने क्रममा बताएका छन् ।

पौषको चिसो मौषमको कुनै प्रवाह नै नगरी बिहान ८ बजे नै बसन्तपुर कुमारी मन्दिर परिसरमा पुगेका नेपाली नागरिकहरुले आफ्नो पहिचानसँग जोडिएका दौरा शुुरुवाल,ढाका टोपी लगाएर राष्ट्रिय झण्डा हातमा बोकेर उत्साह जनक सहभागिता जनाएकाछन् ।
के नारी के पुरुष दुवै समूहका नेपालीहरुले नेपाली पोषाकमा उत्साहजनक सहभागिता जनाएको देखेर नेपाल घुम्न आएका पर्यटकहरुसमेत फोटो खिच्न थालेको देखिन्थ्यो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend