logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कोरिया जान पाउ भन्ने युवालाई तातो गोली


  • जन आकाश
  • मंगलबार, पुष १७ २०८०

मोहन कार्की
काठमाडौ । ललितपुरको बालकुमारीस्थित दुईजना युवा माथि भिड नियन्त्रण गर्ने क्रममा वीरेन्द्र शाह नामका युवा प्रहरीले चलाएको गोली लागेर अर्का सुजन राउत प्रहरीको कुटाई वाट मृत्यु भएको छ । मितिः २०८० साल पौष १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा भएको पदर्शनमा ति दुई युवाहरु प्रहरीको आक्रमणमा परि मृत्यु भएका हुन् ।



नेपालमा कोरियन भाषा सिकेर दक्षिण कोरियाको लागि परिक्षामा उतिर्न हुन नसकेका विद्यार्थीहरु दक्षिण कोरियाको रोगगारीमा जान नपाउने भएपछि असन्तुष्ट थिए । तर १८ जना परिक्षामा उतिर्न हुन नसकेका युवाहरुले अदालतमा मुद्दा दायर गरेका थिए । ति १८ जना पुनः परिक्षामा सामेल हुन पाउने सर्वोच्चले निर्णय गरेको थियो । त्यसपछि अन्य परिक्षामा उतिर्न हुन नसकेका कोरियन भाषा सिकेका परिक्षा पनि दिएका युवाहरुले पुनः परिक्षाको माग गरेर पदर्शन गरेका थिए । पदर्शनको क्रममा वीरेन्द्र शाह र सुजन राउतको मृत्यु भएको हो ।

युवाहरुको मृत्युको विषयलाई लिएर सरकारले छानविन समिति बनाएको छ । उक्त दिनको घटनाको बिषयलाई लिएर ललितपुर जिल्ला प्रशासनका प्रमुख, घटनास्थलमा खटिएका सुरक्षा इन्चार्ज लगायतलाई निलम्बन गरिसकेको छ ।

बालकुमारी घटनालाई लिएर नेपाल राजनीतिक पार्टी, संघ, सस्था, मानव अधिकार लगायतले प्रहरीले चलाएको गोलीले मारिएका युवाहरुको बिषयमा विरोध पदर्शन समेत गरेकाछन् । सामाजिक सञ्जालहरुमा प्रधानमन्त्री समेत रहका पुष्प कमल दाहाल, केपी ओली, शेर बहादुर देउवालाई हामी मार्छौ र एक एक करोड नेपाली जनतावाट चन्दा उठाएर दिन्छौ भन्दै आक्रोशित युवाहरुले अभिव्याक्ति दिईरहेका छन् । यतिवेला राजनीतिक पार्टीका व्याक्तिहरु, सरकारमा रहेका पदाधिकारीहरुमा सुरक्षाको थे्रट बढेको छ ।

त्यसैलाई मध्य नजर गरेर नेपाल प्रहरीले कोरियन भाषा पढाई हुने क्षेत्रहरुमा यतिवेला सुरक्षा सतर्क अपनाइएको छ । बागबजार, पुतली सडक, नयाँ बानेश्वर, बालाजु बसपार्क, कलंकी, कोटेश्वर, लगनखेल लगायत क्षेत्रमा सिभिल प्रहरीको समूह नै बनाएर अर्को दुर्घटना हुन नदिनको लागि खटिएका देखिन्छन् ।

यसरी अर्काको देशमा रोजगारीमा जान पाउ भनेर आन्दोलन गर्नुपर्ने अवस्थामा देश पुगेको सुन्दा र विश्वका गोर्खालीका सन्तान भनेर ईतिहास बोकेको नोपलको लागि यो जतिको लाजलाग्दो बिषय अरु हुन सक्दैन । प्रजातन्त्र स्थापना भएको ७३ बर्षमा देश खाली भईसकेको नेपाली मुलका नेपाली नेपालमा बस्दैनन् भनेर घोषणा गर्ने दिन नआउला भन्न सकिने अवस्था छैन ।

नेपालका युवाहरु विदेशमा ४० डिग्रीभन्दा माथि गर्मी हुने ठाउमा काम गर्न जाने क्रम बढ्दो छ । त्यसमध्य रोजगारको लागि दक्षिण कोरियामा आर्कषण तलव, श्रमको कुनै ठगि नहुने भएको हुदा दक्षिण कोरियाका लागि नेपालका युवाहरु ज्यानै छाडेर कोरिया जान भाषा सिकेर पनि जान तयार भएका हुन् । तर बर्षमा कोटा थोरै हुने हुदा सवैले एकैपटक जान पाउदैनन् । त्यसैले वेला वेलामा कोरिया जान नपाएका युवाहरुले आन्दोलन नै गर्ने गरेकाछन् ।

आन्दोलन गरेपनि यो कोरियाको सिस्टमवाट कोरियाले कोरियन नागरिक नै ईपिएस परिक्षा लिन शिक्षक पठाएर परिक्षा लिने गर्ने गर्दथ्यो । हाल भने अनलाइन सिस्टमवाट समेत परिक्षा लिने गरेको छ ।

कोरिया सरकारको नीतिमा नेपाली कामदार कोटा नबढाउन जेलसम्म यस्तै आन्दोलन होलान् । तर आन्दोलन समस्याको सावधान होईन । सरकारले गोली नै चलाउनु पर्ने अवस्था आउने गरी युवाहरु बेरोजगार भएको संकेतवाट पाठ सिक्नुपर्छ । युवाहरु काम गर्न आतुर रहेछन् । देश भित्र नै रोजगार सृर्जना गर्ने युवाहरुलाई देशमा नै विश्वासको वातावरण बनाएर विकासमा लगाउने योजना तत्कालको तत्कालै सार्वजनिक गर्ने तयारी गर्नुपर्ने देखिन्छ ।

त्यसो गर्न सरकारले सक्दैन भने युवाहरुलाई दक्षिण कोरिया जस्तै आकर्षण तलव पाउने देशहरुमा जाहा पठाए पनि त्यस देशमा पलायन हुन नदिने गरी पठाउने र उनिहरुले पठाएको पैशा पुर्वाधार कम्पनी स्थपना गरेर जम्मा भएको रकम समेत विकास निर्माण लगाउन सकेको छैन । अउदा दिनमा ऐन कानुनमा समस्या छन् भने तुरुन्तका तुरुन्तै सदनवाट विकासका लागि सवै राजनीतिक दलले एकमत भएर ति विकासमा अवरोध पुग्ने नीति नियमलाई परिमार्जन गरेर देशको विकासमा लाग्नुपर्ने देखिन्छ । त्यस्तो काम गर्न सक्ने हिक्मत भएको सरकार नेपाली जनताको आजको आवश्यता हो ।

आउदा दिनमा रोजगारीमा विदेश जान पाउ भनेर कुनै युवाहरुले आन्दोन गरेर ज्यान गुमान नपरोस् । जय मातृभुमि नेपाल ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend