जन आकाश
मोहन कार्की ।
काठमाडौ । विश्वका विकसित भएका राष्ट्रहरु पनि कुनै वेला नेपाल जस्तै अल्पज्ञान भएका अल्प विकसित नै थिए । कतिपय राष्ट्रहरु त नेपाल भन्दा पनि गरिव थिए । तर समय र परिस्थितिसँगै ति देशहरुका साशक, सरकार चलाउने व्याक्तिहरु फेरिए, ति देशहरुमा पनि क्रान्ति राजनीतिक परिवर्तन भएको देखिन्छ ।
नेपालकै सिमाना जोडिएका देशहरु भारत, चिन, त्यहाभन्दा अलि पर मलेसिया, सिंगापुर, हङकङ, कोरिया, भियतनाम जस्ता देशहरुले छोटो समयमा नै विकासको पथमा फड्को मारेकाछन् । उनिहरुले असफल भएका तरिका फेरेर नयाँ तरिका अपनाएर देश विकास गरेका हुन् ।
विकास गर्ने मोडलहरु ति देशका तरिकाहरु हेरेर सिकेर भएपनि नेपालको विकास गर्न सक्नुपर्छ । नेपाल जस्तो द्धान्द्धमा फसेर विकास भएको लाओस देशले समेत पछिल्लो समय विकासको पथमा अगाडी बढीरहेको छ ।
त्यस्तै कयौ देशहरु विकासको पथमा लागिरहेकाछन् । राम्रो बिषय जुन देशवाट सिक्दा पनि हुन्छ । तर नराम्रो कुराहरु चै कुनै देशवाट सिक्नु हुदैन । द्धान्द्धमा फसेर देश नै ध्वस्त भएको कङगो, सुडान जस्ता देशको जस्तो जतिखेर पनि द्धान्द्ध गर्नुहुदो रहेनछ भनेर पाठ सिक्नुपर्छ । नेपालमा पनि यो व्यवस्था ठिक भएन, त्यो व्यवास्था ठिक भएन भनेर थुप्रै पटक क्रान्ति भएकाछन, आन्दोलन भएकाछन् मानिसहरु मारिए तर त्यसले पनि देशलाइ परिवर्तन गर्न सकेको देखिदैन ।
नेपालले आफ्नो देशलाई विकास गर्न विकसित मुलुकहरुवाट सिकेर त्यस्तै सकरात्मक तरिकाहरु अपनाउदै देशको विकास गर्न थाल्नुपर्ने देखिन्छ । नेपलले गर्नुपर्ने कामहरु विशेषत भौतिक पुर्वधारका साथसाथै रोगगार सृर्जना गर्न सक्ने ठुला स्केलका उद्योग कलकारखानको स्थापना, कृषिमा आधुनीकिकरण, पर्यटनको विकास जस्ता महत्वपूर्ण क्षेत्रमा काम गरेर देशलाई विकास गर्ने आधार बनाएमा नेपालको विकास हुने देखिन्छ ।
त्यो काम गर्नलाई नेपालका योजनाकारहरुको बल बुद्धिले मात्र नपुगेमा विकसित देशहरुले कसरी त्यसको व्यवस्थान गरेका रहेछन् । त्यो विकासको मोडलको आधारलाई अधार मानेर पनि विकास गर्न सक्छन् भन्ने उदारण छन् ।
नेपाल देशले यो भन्दा अवको परनिर्भरता थेग्न सक्दैन । युवा पुस्ताहरु देश छोडेर पलायन हुने चलनलाई नरोक्ने हो भने देश भविष्मा खाली बनेर नेपाल उजाड बन्ने देखिन्छ । त्यसैले नेपालको विकासमा विकसित राष्ट्रहरुवाट सिकेर नेपालको विकासको आधार तयार गर्न ढिलो गर्नुहुदैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend