logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

बालकुमारी घटनामा मृत्यु भएका दुई युवालाई सहिद घोषणा गर्ने


  • जन आकाश
  • मंगलबार, पुष १७ २०८०

काठमाडौं— सरकारले बालकुमारीमा प्रदर्शनको क्रममा ज्यान गुमाएका दुई युवालाई सहिद घोषणा गर्ने भएको छ । पुुस १३ गते शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शनको क्रममा प्रहरीको बल प्रयोग र गोली प्रहारबाट अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको ज्यान गएको थियो ।



गृह मन्त्रालयले सोमबार पीडित परिवारसँगको छलफलपछि शाह र राउतलाई सहिद घोषणा गर्ने सम्झौता गरेको हो । मन्त्रालयले शाह र राउनलाई सहिद घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सहमतिमा उल्लेख छ ।

‘मृतक वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणाकालागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुराधे गर्ने,’ सहमतिको तेस्रो बुँदामा लेखिएको छ ।

सहमति पत्रमा गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले हस्ताक्षर गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend