logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रामेछाप पुगेर प्रचण्ड के भन्छन् ?


  • जन आकाश
  • बिहिबार, पुष १९ २०८०

रामेछाप । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि फरक ढंगले क्रान्ति जारी रहेको बताएका छन् । जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप पनि फेरिएको उनको भनाइ छ ।



बिहीबार रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ स्थित पानीघाटमा आयोजित २७ औँ बेथान वीरता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधामन्त्रीले तत्कालीन युद्धका क्रममा आफूहरुले घरेलु हतियारकै बलमा बेथान चौकीमा आक्रमण गरेको स्मरण गरे । बेथान चौकी आक्रमण हुँदा आफू लुम्लेको कृषि फममा रहेको पनि बताए ।

प्रधानमन्त्रीले भने, ‘हामी अहिले पनि क्रान्तिमै छौं । क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ ।’ उनले भने, ‘हामी समाजवादको लक्ष्यमा छौं । त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौं । यो क्रान्तिको शान्तिपूर्ण मोर्चा हो ।’

प्रचण्डले जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह भएको पनि बताए । ‘त्यतिबेला हामीसँग ठूलो शक्ति थिएन, तर महान् विचार थियो, ऐतिहासिक लक्ष्य थियो । त्यसका आधारमा नेपालको क्रान्तिले गुणात्मक उचाइ प्राप्त गर्‍यो । त्यसले नै देशमा महान् परिवर्तन सम्भव भएको हो’, उनले भने ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend