जन आकाश
रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउपालिकाको प्रसाशकिय भवन उडघाटन गर्न आएका नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्कमल दाहाल ( प्रचण्ड ) ले नेकपा माओवादीको आन्दोलनको रुप मात्रै फेरिएको हो लडाइ रोकिएको होइन। भन्दै बेथान युद्धमा सहिद भएका महान सहिद तिर्थ गौतम, दिलमाया योन्जन, फत बहादुर स्लामि मगर लगायत हजारौं सहिदहरुको बलिदानले राजतन्त्रको कृन्द्रीकृत राज्यप्रणालीलाइ फालेर गणतन्त्र स्थापना गर्यौ।
गणतन्त्र राज्यप्रणाली लगु भएपछि संघीयताले जनताको अधिकारलाइ जनताको घर घरमा पुर्याउन माओवादी आन्दोलनले दिएको उदारण दिदै सुनापति गाउपालिकामा प्रसाशनिक भवन बन्नु पनि परिवर्तन हो भनेर सम्बोधन गरेका थिए।

प्रसाशनिक भवन उदघाटनको कार्यक्रमको बिशिस्ट अतिथिको रुपमा आएका प्रतिनिधिशभा सदस्य रामेछापका पुर्ण बहादुर तमाङ्ले रामेछापको विकासको लगि पाहाडि लोकमार्ग लगाएको बिषमा बोलेका थिए। ससद तामाङले कार्यक्रमस्थलमा नै रामेछापको माग पत्र बुझाएका थिए।
भवन उदघाटन कार्यक्रममा प्रदेश सभासद, युवराज चौलागाईं, आनन्द श्रेष्ठ, रामेछाप जिल्ला समन्वय प्रमुख चिना कार्की, जिल्ला प्रमुख अनिता निरौला, मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ, दोरम्बा गाउपालिकाका अध्यक्ष मैन कुमार मोक्तान, खाडादेवि गाउपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, रामेछाप जिल्लाका महत्त्वपूर्ण ब्यात्तित्वहरुको उपस्तिथिमा कार्यक्रम भएको हो।
कार्यक्रमलाइ दुइ भागमा बिभाजन गरेर गरिएको थियो। पहिलो चरणमा बेथानमा सहिद भएका सहिदहरुको २७ औ स्मृति दिवसको कार्यक्रममा पुगि सहिदको अर्धकदमा माल्यापर्ण गरि मुठ्ठी कसेर सहिदहरु प्रति सम्मानमा प्रधानमन्त्री तन्केका थिए। सहिद परिवारहरुलाइ प्रधानमन्त्रीको हातवाट सम्मान पत्रले सम्मानित गरिएको थियो।

दोस्रो शत्रमा सुनापतिको प्रसाशनिक भवनको उदघाटन भएको थियो। दोस्रो शत्रको सभापति सुनापति गाउपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले गरेका थिए।
सुनापति भवन उदघाटन कार्यक्रममको स्वागत मन्तव्य सोहि गाउपालिकाकि उपा- घ्यक्ष गिता चौलागाईंले गरेकि थिइन।
गाउपालिकाको प्रसाशनिक भवन उदघाटन कार्यक्रममा अतिथिको रुपमा आएका ब्यातित्वहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो।
भवन उदघाटन कार्यक्रमलाइ सफल ढंगवाट संचालन गरि सोहि गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र सुबेदिले महत्वोपुर्ण भुमिका निर्वाह गरेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend