logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्रिय सभाको सिट बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक


  • जन आकाश
  • आइतबार, पुष २२ २०८०

काठमाडौं । राष्ट्रिय सभाको सिट बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक पुगेको छ ।



राष्ट्रिय सभाका १९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले १० माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक लिने मोटामोटी सहमति भएको छ । यसको अन्तिम टुंगो आज बस्ने गठबन्धले लगाउने नेताहरूले बताएका छन् ।

सिट बाँडफाँटबारे छलफल गर्न शनिबार मध्यरातसम्म प्रधानमन्त्री बालुवाटारमा नेताहरुको बैठक बसेको थियो । बैठकले मोटामोटी रुपमा सहमति गरिसकेको नेताहरूले दाबी गरेका छन् । कर्णाली, गण्डकी र बागमती प्रदेशबाहेक कहाँ कसले लिने क्लस्टरसहित सहमति भइसकेको छ ।

सूदूरपश्चिममा पुरुष कांग्रेसलाई, महिला माओवादीलाई, लुम्बिनीमा महिला कांग्रेस, पुरुष माओवादीलाई, मधेशमा महिला कांग्रेसलाई, पुरुष जनता समाजवादीलाई, कोशीमा पुरुष कांग्रेसलाई, महिला माओवादीले लिने सहमति भएको छ ।

बैठकमा एकीकृत समाजवादीले भने आफूलाई कम सिट भएको भन्दै असहमति जनाएको थियो । उसले तीन सिटमा दाबी गरेको छ । तर, आजको बैठकमा दुई सिटमै सहमति हुने नेताहरूको भनाइ छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि एक सिटमा दाबी गरेका थिए । उनी सिट नपाउने भएपछि बैठकको बीचमै बाहिरिएका थिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend