logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

गोकुलगंगा गाउँपालिकाको १४ औ हिउदे अधिवेशन सम्पन्न


  • जन आकाश
  • बुधबार, पुष २५ २०८०

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले १४ औं हिउँदे अधिवेशन सम्पन्न भएको छ । यही मिति: २०८० साल पौष २५ गते गाउँ कार्यपालिकाको कार्यलयमा कार्यपालिका, सम्बन्धित निकायहरूको उपस्थितिमा सञ्चार माध्यमहरुवाट प्रत्यक्ष प्रशारण गरी कार्यक्रम सम्पन्न गरिएको हो ।



अधिवेशन पालिकाका अध्यक्ष काजी बहादुर खड्काको अध्यक्षतामा भएको हो । अधिवेशनमा कार्यपालिका बैठकले गरेका निर्णयहरू सुनाइएको थियो ।

अधिवेशनमा पालिकाले विगतमा पारित गरेका नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न गरेका प्रयास अनुगमन, गरेका प्रगति लगायतका विषयमा केन्द्रित थियो ।

अध्यक्षले २०८०/२०८१ को संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसैगरी उपाध्यक्ष उषा कार्की बस्नेतले २०८०/ २०८१ को संशोधित बजेट वक्तव्य पढेर सुनाएकी थिइन ।

कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेस कुमार यादवले कार्यक्रमको गरिमा बढाएका थिए।

यही हिउँदे अधिवेशनमा गोकुलगंगा गाउँपालिका वन व्यवस्थापन गर्न बनेको बिद्ययको प्रस्ताव पालिकाका प्रवक्ता चन्द्र बहादुर सुनुवारले गरेका थिए जसको समर्थन ३ न. वडा अध्यक्ष तथा कार्यपालिका सदस्य नर बिक्रम कार्कीले समर्थन गरेका थिए ।

उक्त विद्येयक र कार्य प्रगति विवरणको समर्थन र विरोधमा वा कुनै विरोध पनि गर्दिन समर्थन पनि छैन भन्ने अधिवेशन बैठकमा कुनै आवाज नउठेको र सर्वसहमतिमा बैठक सकिएको छ ।
सम्पुर्ण विवरण हेर्न तलको पिडीएफमा पढ्नुहुन अनुरोध छ ।


फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend