logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

लुम्बिनी विकास बैंक लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • शुक्रबार, पुष २७ २०८०

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले मिति २०८० पौष २६ गते बिहिबार १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।



साधारण सभाले आ. ब. २०७९/८० को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०८०/८१ को लागि लेखा परीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनी महानुभावहरुलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयर सहित कुल ८.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष  चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १६ औं वार्षिक साधारण सभामा आ.ब. २०७९/८० को बार्षिक प्रतिवेदन उपरसहभागी शेयर धनीहरुले राख्नु भएका जिज्ञासाहरुको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा(एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सह-यात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती निक्षेप खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend