logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

सुनुवार राष्ट्रसेवक समाजद्वारा  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न


  • जन आकाश
  • सोमबार, माघ १ २०८०

काठमाडौं: सुनुवार राष्ट्रसेवक समाजको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सुनुवार सेवा समाज संघीय समितिको कार्यालय परिसर कोटेश्वरमा समाजले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा सम्पन्न भएको हो । समाजले आयोजना गरेको स्वास्थ्य शिविरमा उच्च रक्तचाप/न्यून रक्तचाप, रगत परिक्षण, मृगौला जाँच, लिपिट प्रोफाईट जाँच (Cholesterol, TG, LDI, HDL), कलेजो जाँच, छातिको जाँच, आँखा जाँच, दन्त परीक्षण र आयुर्वेद उपचारलगायत विविध स्वास्थ्य परामर्श सेवाहरू उपलब्ध गराईएको समाजका अध्यक्ष अमरदिप सुनुवारले बताए ।



शिविरबाट करिब २२५ जना लाभान्वित भएका छन् । ती मध्ये २१५ भन्दा बढीले जनरल फिजिसियन, ५० जनाले भिडियो एक्सरे (USG), ७५ जनाले आँखा परीक्षण, ८५ जनाले दन्त परीक्षण, १०३ जनाले आयुर्वेद सेवा, ४७ जनाले स्त्री रोगसहितका स्वास्थ्य सेवाहरू लिएका थिए । उक्त शिविरमा नि:शुल्क रुपमा एलोपेथिक, आयुर्वेदिक र आँखाका औषधीहरूसमेत वितरण गरिएको अध्यक्ष सुनुवारले जानकारी दिए ।

शिविरमा वरिष्ठ हाडजोर्नि विशेषज्ञ डा. शिव चन्द्र अमात्य, जेनेरल फिजिसियन डा. रक्षा गौतम, स्त्री रोग विशेषज्ञ डा. सुब्रिना राजभण्‍डारी, बरिष्ठ रेडियोलोजिष्ट डा. लाल कुमार पुन, शल्यचिकित्सक डा. एविन्द्र रुम्दाली, दन्त रोग विशेषज्ञ डा. स्वेता भगत, बालरोग विशेषज्ञ डा. पुनम बौद्ध तामाङ, आयुर्वेद डा. सृष्टी श्रेष्ठ र डा. ईला पौडेल र मेडिकल अधिकृत डा. सस्टिका महर्जनले सेवा प्रदान गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend