logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

गरिमा विकास बैंकद्धारा Garima 5 in 1 बचत खाता सार्वजानिक


  • जन आकाश
  • बुधबार, माघ ३ २०८०

काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा 5 In 1 खाता सेवा सार्वजनिक गरेको छ । गरिमा 5 In 1 बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।



यस खाता अन्तर्गत ग्राहकहरुले न्युनतम १०००/- मा खाता खोली निःशल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग ,Web बैकिङ्ग, ATM सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट ,सेयर ट्रेडिङ (TMS) र मेरो शेयर खाता साथै Locker Facility मा ५०५प्रतिशत सम्म छुटको सुविधा बैंकले जनाएको छ ।

यस सेवामार्फत नयाँ तथा पुराना ग्राहक महानुभावहरुले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने बैंकले जनाएको छ । गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भा गरेको हो ।

काठमाडौको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend