logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

माछापुच्छ्रे बैंकले ६ महिनामा ८० करोड ५३ लाख खुद नाफा कमाउन सफल


  • जन आकाश
  • शुक्रबार, माघ ५ २०८०

 



काठमाडौ । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा माछापुच्छ्रे बैंकको खुद नाफा घटेको छ । यस अवधिमा बैंकको खुद नाफा ८० करोड ५३ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा २१।४५ प्रतिशत कम हो। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब बढी थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड कायम भएको छ । संचालन आम्दानी ६.६७ प्रतिशतले घटेर ३ अर्ब ३४ करोड कायम भएको छ भने संचालन मुनाफा १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोडमा सिमित भएको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा पनि ऋणात्मक रहको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहेको हो।

११ अर्ब ६२ करोड चुक्ता पुंजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २२ करोड रहेको छ । बैंकको कुल निक्षेप १ खर्ब ५२ अर्ब ४८ करोड रहेको छ भने कुल कर्जा प्रवाह १ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको जगेडा कोष, निक्षेप र कर्जा पनि घटेको हो ।

बैंकको प्रति शेयर आम्दानी पनि घटेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १३ रुपैयाँ ८६ पैसा कायम भएको छ। बैंकको खराब कर्जा १.४१ प्रतिशतबाट बढेर २.६२ प्रतिशत पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend