logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

विकास बैंक मध्ये मुक्तिनाथ र गरिमा मात्र उच्च नाफा कमाउन सफल


  • जन आकाश
  • शुक्रबार, माघ ५ २०८०

काठमाडौ । चालु आर्थिक वर्षको ५ महिनामा विकास बैंकहरुले २ अर्ब बढी खुद नाफा कमाएका छन् । साउनदेखि मसिंरको अन्त्यसम्ममा विकास बैंकहरुले २ अर्ब २६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।



यसरी धेरै नाफा आर्जन गर्नेहरुमा शिर्ष स्थानमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथ विकास बैंकले यो अवधिमा ४५ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी धेरै नाफा आर्जन गर्नेको दोस्रो नम्बरमा छ गरिमा विकास बैंक । गरिमाले यो अवधिमा ३८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यसैगरी साईन रेसुङ्गा डेभलपमेन्ट बैंक र लुम्बिनी डेभलपमेन्ट बैंकले क्रमशः ३० करोड २४ लाख र २४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

यो अवधिमा ३ वटा विकास बैंकहरुले घाटा व्यहोरेका छन् । घाटा व्यहोर्नेमा सालपा, सप्तकोशि र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् । सालपा २ करोड २१ लाख, सप्तकोशि ११ करोड ८२ लाख र एक्सेल २२ करोड ३ लाख रुपैयाँ खुद घाटामा रहेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend