logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

लोपोन्मुख राउटे समुदायको जनसङ्ख्या प्रत्येक वर्ष घट्दै


  • जन आकाश
  • शुक्रबार, माघ ५ २०८०

दैलेख । लोपोन्मुख राउटे समुदायको जनसङ्ख्या प्रत्येक वर्ष घट्दै गइरहेको छ । बिहीबार राती पुनः एक बालिकाको मृत्यु भएसँगै राउटे समुदायको जनसङ्ख्या अब १३७ कायम रहेको छ ।



बिहीबार मृत्यु भएकी बालिका हरिबहादुर शाहीकी १२ बर्सिया छोरी दुर्गा शाही हुन् । मृतक बालिका एक महिनाअघि देखि बिरामीले थलिएकी थिइन् । एक महिनादेखि बिरामी उनको आँखा पहेँलो थियो ।  राउटे समुदायमा काम गर्दै आएका सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीका अनुसार खानपिनमा ध्यान दिनु भनिए पनि माघे संक्रातिमा खानपिन गर्दा बिरामले थप च्याप्यो ।

जसका कारण गए राति बालिकाको मृत्यु भएको उनले बताए । मान्छेको मृत्यु भएपछि यो समुदाय बसिरहेको ठाउँ सर्ने गर्दछ । हाल दैलेखको भैरवी गाउँपालिकामा बस्दै आएको राउटे समुदाय बालिकाको मृत्यु भएसँगै शुक्रवार चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ सुईयातडामा बसाई सरेका छन् ।

दुई वर्ष यतादेखि राउटेको जनसङ्ख्या घट्दै गएको छ । केही महिनाअघि मात्रै दीपक शाहीकी श्रीमतीमा यस्तै लक्षण देखिएर मृत्यु भएको थियो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend