जन आकाश
काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि भएको छ ।
बैंकले बिहीबार प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा २ अर्ब १८ करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्ष २०७९र८० को दोस्रो त्रैमासमा एक अर्ब ६५ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकको नाफा ३२.१४ प्रतिशतले बढेको हो । बैंकको खुद ब्याज आम्दानीमा भएको वृद्धि र सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन (इम्पेरीमेन्ट चार्ज) मा घट्दा बैंकको नाफामा बढेको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म तीन अर्ब ५३ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.५४ प्रतिशतले बढेर तीन अर्ब ८७ करोड ४४ लाखमा पुगेको छ । यस्तै खुद फि तथा कमीसन आम्दानी ५५ करोड ९० लाखबाट ८० करोड ३६ लाख पुगेको छ ।
आम्दानीमा संकुचन हुँदा सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन ५८ करोड ३२ लाख रुपैयाँबाट घटेर २८ करोड ११ लाख रुपैयाँ झरेको छ । खुद ब्याज आम्दानीमा वृद्धि र सम्भावित कर्जा नोक्सानीको प्रोभिजन घट्दा बैंकको सञ्चालन नाफासँगै नाफामा पनि वृद्धि भएको छ ।
पुस मसान्तमा बैंकको सञ्चालन मुनाफा दुई अर्ब ३६ करोड २३ लाख रुपैयाँबाट ३२.०१ प्रतिशतले बढेर तीन अर्ब ११ करोड ८४ लाख रुपैयाँमा झरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend