logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

माइतीघरमा प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ


  • जन आकाश
  • आइतबार, माघ ७ २०८०

काठमाडौँ । काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुपर्ने मागसहित सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ स‌ंगठन नेपाल विद्यार्थी संघले आइतबार विरोध प्रदर्शनको आयोजना गरेको छ । संघको काठमाडौँ जिल्ला कार्यसमितिले निषेधित क्षेत्र घोषणा गरेको माइतीघर नै पुगेर विरोध प्रदर्शन गरेको हो ।



उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर १, अभिव्यक्ति स्वतन्त्रता कायम गर’ जस्ता प्लेकार्ड बोक्नुका साथै नाराबाजी समेत गरेका थिए । प्रदर्शनको क्रममा करिब एक दर्जन प्रदर्शनकारी पक्राउ पनि परेका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend