जन आकाश
काठमाडौं– बागमती प्रदेशको लोक सेवा आयोगले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आवेदन माग गरिएको हो ।
बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगको भनाई छ । विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट कउकअ।दबनबmबतष्।नयख।लउ मा प्रकाशन गरिएको छ।
यसमा दरखास्त बुझाउने अन्तिम मिति माघ २८ गते रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend