logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

रामेछाप सांस्कृतिक कलाकार समाज उपत्यका कार्यसमितिको दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा नविन गौतम


  • जन आकाश
  • सोमबार, माघ १५ २०८०

काठमाडौं ।  समृद्ध रामेछापको लागि हाम्रो अभियान भन्ने मुलनाराका साथ रामेछाप सांस्कृतिक कलाकार समाज उपत्यका कार्यसमितिको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभा २०८० साल माघ १३ गते अल्ट्रा क्रियसन अनामनगर काठमाडौंमा सम्पन्न भएको छ ।



उक्त कार्यक्रममा प्रमुख अतिथि रामेछाप सांस्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्की विशेष अतिथि चर्चित कलाकार तथा रामेछाप सांस्कृतिक कलाकार समाजका पूर्व अध्यक्ष तथा राष्ट्रिय संगीत कर्मी संघका कार्यबाक अध्यक्ष प्रकाश कटुवाल, नि–वर्तमान अध्यक्ष रामकुमार पौडेल लगायत विभिन्न व्यक्ति विशेष कलाकारहरूको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमबाट रामेछाप सांस्कृतिक कलाकार समाज उपत्यका कार्यसमितिको प्रथम अधिवेशनमा मोडल नवीन गौतम अध्यक्षको पदमा निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा निशा पाख्रिन, उपाध्यक्षमा सरिता चौलागाई, सचिवमा विनोद गौतम, सह–सचिवमा भिमसेन गौतम, कोषाध्यक्षमा पम्फा मगर, सह-कोषाअध्यक्षमा मदन भुजेल र सदस्यहरूमा निर्मला नेपाली, सारदा खड्का, प्रज्ञासी थापा, विनोद कार्की, शिवसागर खड्का, अभिषेक दर्णा निर्वाचित भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend