logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

अग्रजलाई सम्मान र जुनियरलाई माया र प्रोत्साहन भन्ने मुल नारा सहित मोतिराज खनाल चुनावी अभियानमा


  • जन आकाश
  • सोमबार, माघ २२ २०८०

काठमाडौं– अग्रजलाई सम्मान आफुभन्दा जुनियर लाई माया र प्रोत्साहन भन्ने मुल नारा सहित जन गायक मोतिराज खनाल चुनावी अभियानमा जुटेका छन । नेकपा एमाले अर्घाखाँची–काठमाडौं सम्पर्क मन्चको अध्यक्षमा जन गायक मोतिराज खनालले उम्मेद्वारी दिने बताएका छन ।



उनले लामो समयदेखी नेकपा एमालेको विभिन्न भातृ संगठनहरुमा काम गरेका छन् । खनाल बिगतमा अर्घाखाँची–काठमाडौं सम्पर्क मन्च नेकपा एमालेको सास्कृतिक बिभाग प्रमुख र सचिवालय भित्र बसेर काम गर्दै गर्दा पार्टीले राष्ट्रिय जन साँस्कृतिक महासंघको जिम्मेवारी दिएको थियो । अहिले उनी अर्घाखाँची -काठमाडौ सम्पर्क मन्चलाइ कार्यकर्ताको भावना अनुसार लैजानुपर्छ पार्टी कसैको पेवा हैन सबै कार्यकर्ताले पार्टी हाम्रो हो भनेर गौरव गर्ने खालको बनाउनु पर्छ भन्दै सुधारका एजेन्डा बोकेर नेतृत्वमा बसेर सम्पर्क मन्चलाइ हाक्ने मनसायले चुनावी मैदानमा होमिएका छन ।

युवा नेता जन गायक खनाल निरङ्कुशता विरुद्ध बिभिन्न आन्दोलनमा सहभागिता थिए । खनाल २०६२र६३ सालमा निरंकुश राजतन्त्रको बिरुद्ध लोकतन्त्रको लागि १९ दिने जनआन्दोलन हुँदा दमनको बिरुद्धमा आन्दोलनमा होमिदा पुलिसको लाठिले सख्त घाइते भएका थिए । त्यतिबेला सात राजनीतिक दलले खनालको उच्च मुल्याङ्कन गर्दै घाइतेको प्रमाणपत्र दिएको थियो । खनालले घाइते हुदा पनी राज्यलाइ भार नपार्ने भन्दै आफ्नै खर्चले उपचार गरेर ठिक भएका थिए ।

घाइतेहरुलाइ आजिवन सुबिधा दिने सरकारले निर्णय गरेपनी तपाइले सुबिधा नलिनुको कारण के हो ? भन्ने पत्रकारको प्रश्नमा आफ्नो घाउ चोट निको भएको हुनाले मैले त्यो सुबिधा लिनु देश प्रतिको गद्धारी हो भन्ने ठानेर मैले सुबिधा लिइन जन गायक खनालले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend