logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

महालक्ष्मी बैंकको सीईओमा दिपेश लम्साल नियुक्त


  • जन आकाश
  • बुधबार, माघ २४ २०८०

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । २०८० माघ २३ गते सम्पन्न बैंक सञ्चालक समितिको ५८५औं बैठकले लम्साललाई माघ २४ गतेबाट लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।



दुईपटक कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा महालक्ष्मी विकास बैंकको नेतृत्व गरिसकेका छन् । बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लम्साल पछिल्लो समय तत्कालीन प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाको राजीनामापछि गत माघ १ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । यसअघि २०७७ सालमा पनि लम्सालले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा सफलतापूर्वक बैंकको नेतृत्व गरेका थिए ।

१५ वर्षदेखि यसै बैंकमा कार्यरत लम्सालसँग बैंकिङ क्षेत्रको २८ वर्ष लामो अनुभव छ । यसबीचमा उहाँले विभिन्न वाणिज्य र विकास बैंकको उच्च व्यवस्थापन तहमा रहेर काम गरेकाछन् । बैंक परिवारले मंगलवार दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा नवनियुक्त सीईओ लम्साललाई स्वागत गरेको थियो ।

सो अवसरमा सीईओ लम्सालले बैंकप्रतिको जनविश्वासलाई अझ बलियो बनाउदै गुणस्तरीय सेवा प्रदान गर्न सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे । उहाँले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि प्रयत्नशील रहन कर्मचारीहरुलाई आग्रह गरे ।

नवनियुक्त सिईओ लम्सालले केन्द्रीय बैंकको नीति, नियमको अनुपालना गर्दै सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीको हितमा काम गर्ने बताए  । ‘ग्राहकलाई गुणस्तरीय सेवा र सेयरधनीलाई उच्च प्रतिफल’ अवधारणालाई केन्द्रबिन्दुमा राख्ने प्रतिबद्धता यक्त गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend