logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

कोल्ड स्टोरेज सघको अध्यक्षमा कृष्ण भक्त सर्वसहमत


  • जन आकाश
  • आइतबार, माघ २८ २०८०

काठमाडौ । कोल्ड स्टोरेज सघको अध्यक्षमा कृष्णभक्त श्रेष्ठ सर्वसहमत हुनु भएको छ।



काठमाडौमा भएको २९ औ साधारणसभा र १० औ अधिबेशनले उहाको नेतृत्वमा सवै पदाधिकारीहरु सर्वसहमत चयन गरेको हो।

उदघाटनको भव्य समारोहका प्रमुख अतिथि कृषि तथा पशुपन्छि मन्त्री बेदुराम भुसालले दिप प्रज्वलन गरि उदघाटन गर्नु भएको थियो ।

कार्यक्रमलाइ दुइ शत्रमा बिभाजन गरि गरिएको थियो। पहिलो शत्र खुल्ला र दोस्रो बन्द शत्र गरि गरिएको हो। बन्द शत्रले कृष्ण भत्त श्रेष्ठको नेतृत्वमा सवै पदाधिकारीहरु सर्वसहमत भएका छन् ।

१० औ अधिवेशनवाट सर्वसहमति हुने कार्य समितिहरुको नामवलि यस प्रकार छ।

अध्यक्ष : कृष्ण भक्त श्रेष्ठ

उपाध्यक्ष : विशेश्वर प्रसाद कुशवहा

सचिव : गोकुल बराल

कोषध्यक्ष : नवराज थापा

त्यसैगरी सदस्यीयहरु: देवानजङ चौधरी, राजेन्द्र भट्ट रहेका छन् ।

हालको साधरणसभावाट संशोधित बिधानले कार्यसमिति ९ बनाउने व्यवस्था अनुसार तत्काल दुइ आमन्त्रित सदस्य शर्मिला पाठक र सुबास मललाइ मनोनीत गरिएको सघले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend