जन आकाश
काठमाडौं । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारालाई आत्मसात गर्दै उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको यस एन आई सी एशिया बैंकका बारेमा केही सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरू प्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।
बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्णरुपमा कपोकल्पित तथा असत्य रहेको व्यहोरा स्पष्ट पार्दछौं ।
यस बैंकका मुख्य सूचकांकहरू (सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट मध्येमा सदैव पर्दै आएकोर कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा यस बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको एवम् बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट मध्येमा पर्दै आएको तथ्य सगौरव जानकारी गराउँदछौं ।
संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, Overall Financial Indicators मा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट हेर्दा यस बैंक सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने बैंकको Mission मा निरन्तर सफल हुँदै गइरहेको पुष्टी हुने तथ्य समेत सहर्ष जानकारी गराउँदै बैंक भित्र सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कुनै पनि तहमा कुनै पनि किसिमको असम ́दारीको झिल्को समेत नरहेको र बैंकको सम्पूर्ण संरचना नै झै एकतावद्ध, दृढ, एवम् रुपान्तरणकारी हिसावले सबै सरोकारवालाहरूको हित संरक्षण र संवद्र्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहेको तथ्य समेत सम्पूर्ण सरोकारवालाहरूलाई प्रस्ट पार्दछौं ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend