logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

मुस्ताङ प्रहरी प्रमुख डीएसपी पाण्डे सहित ३ पुरस्कृत


  • जन आकाश
  • शुक्रबार, फाल्गुन ४ २०८०

कास्की  । उत्कृष्ट कार्यसम्पादन गरे वापत मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयसहित ३ जना प्रहरी अधिकृत पुरस्कृत भएका छन् ।



गण्डकी प्रदेश सरकारको स्थापना दिवस २०८० को अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीहरुलाई पुरस्कृत गर्ने क्रममा मुस्ताङका प्रहरी नायव उपरीक्षक पाण्डेयसहित ३ जना प्रहरीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

सुरक्षा निकाय अन्तरगत गण्डकी प्रदेशले छैटो वर्ष पुरा गरी सातौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार पोखरामा आयोजित मुल समारोह कार्यक्रममा मुस्ताङका प्रहरी नायव उपरीक्षक पाण्डेयसहित पोखरास्थित प्रहरी तालिम केन्द्रका समादेशक प्रबउ अरुण पौडेल र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापालाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

प्रदेश स्थापना दिवस २०८० मा पुरस्कृत व्यक्तित्वहरुलाई जेठ १५ गते गणतन्त्र दिवसको दिन प्रदान गरिने भएको छ ।

हिमाली जिल्ला मुस्ताङमा विगत ५ महिनादेखि पुरस्कृत प्रहरी नायव उपरीक्षक पाण्डे कार्यरत रहदै आईरहेका छन् ।

धार्मिक तथा पर्यटकीय जिल्लामा प्रहरी प्रमुखको भूमिकामा रही पर्यटक तथा स्थानीय नागरिकको शान्ति सुरक्षामा अहोरात्र खटिदै उत्कृष्ट योगदान गरे वापत प्रहरी नायव उपरीक्षक पाण्डेयलाई गण्डकी प्रदेश सरकारले उच्चसम्मान गरेको हो ।

गुल्मी तमघाँस निवासी प्रहरी नायव उपरीक्षक पाण्डेयले मुस्ताडमा विभिन्न सामाजिक अपराध, लैङ्गिक हिंसा, लागुऔषध र साईबर अपराध सम्वन्धि दर्जनौ सचेतना मुलक कार्यक्रम गर्दै,आईरहेका छन् ।

उनले सीमानाकामा हुँने चोरी सिकारी, अपराध नियन्त्रण र अवैध क्रियाकलाप नियन्त्रणमा उत्कृष्ट कार्य गदैआईरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend