logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

रामेछापले प्रजातन्त्र दिवस ३ दिनसम्म मनाउने


  • जन आकाश
  • शुक्रबार, फाल्गुन ४ २०८०

रामेछाप । रामेछापको रामेछाप नगरपालिकाले प्रजातन्त्र दिवस ३ दिन विविध कार्यक्रम गरी मनाउने भएको छ । नगरपालिकामा शुक्रबार (आज) नगर प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा बसेको बैठकले प्रजातन्त्र  दिवसलाइ तिन दिनसम्म मनाउने निर्णय गरेको हो ।



यहि फागुन ७ गते पर्ने प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु हुने नगरपालिकाले जनाएको छ । फागुन ६,७ र ८ गते दिवसको अवसरमा नगरपालिकाको कार्यालय तथा वडा कार्यालहरुमा दिपावली गरिने नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण सुवेदीले जानकारी दिएका हुन।

उहाँका अनुसार नगरपालिकामा रहेका सबै सरकारी कार्यालय,विभिन्न संघसंस्था र बजारका स्थानियहरुलाई ३ दिन दिपावली गर्न निर्देशन दिइएको छ ।

फागुन ७ गते जिल्ला अस्पताल रामेछापमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरिने नारायण सुवेदिले जानकारी दिएका हुन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend