logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

गोकर्णेश्वर नगरपालिकामा एकीकृत इलेक्ट्रोनिक पब्लिक हेल्थ प्रोफाइल सिस्टमवाट सेवा शुरु


  • जन आकाश
  • शनिबार, फाल्गुन ५ २०८०

 काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले एकीकृत इलेक्ट्रोनिक पब्लिक हेल्थ प्रोफाइल सिस्टम सहित “गोकर्णेश्वर हेल्थ कार्ड“ शुरु गरेको छ ।



यो सेवा शुरु गर्ने गोकर्णेश्वर नगरपालिका मुलुककै पहिलो स्थानीय निकाय भएको विहिवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘नगरवासीहरूको सुस्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै आएको गोकर्णेश्वर नगरपालिको यो पछिल्लो अभ्यास मुलुककै समग्र स्वास्थ्य क्षेत्रका लागि कोशेढुंगा सावित हुनेछ’ पत्रकार सम्मेलनमा नगरप्रमुख दीपक रिसालले भन्नुभयो । स्वास्थ्य सेवामा जोडिने सेवाग्राही वा नागरिक, सेवा प्रदायक स्वास्थ्य संस्थाहरु तथा स्वास्थ्यकर्मीहरु, समन्वय र सुपरिवेक्षण गर्ने वडा कार्यालय एवं नगरपालिकाले तोकेका सरोकारवालाहरुलाई एकीकृत प्रकृतिले जोडेर एक “पालिका स्वास्थ्य प्रणाली र मोडल“ बनाउने सफ्टवेयरको माध्यमबाट नगरबासीको स्वास्थ्य अवस्था तथा उपचारको जानकारीलाई एक विशिष्टकृत युनिक हेल्थ आइडीको सहयोगबाट सुरक्षित राख्दै जाने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यसमध्ये अत्यावश्यक निश्चित हेल्थ रेकर्ड “क्यु आर कोड“ मार्फत बिरामी वा नागरिकले चाहेको अवस्थामा जुनसुकै स्थानबाट स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले प्राप्त गर्न सक्ने गरी “गोकर्णेश्वर हेल्थ कार्ड“ को परिकल्पना गरी सिस्टम तयार गरिएको रिसालले बताउनुभयो ।

स्वास्थ्यस्थिति र नगरपालिकाले प्रदान गर्ने स्वास्थ्य सुविधाका दृष्टिले फरक वर्ग र तप्का जस्तै ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, खेलाडी, शिक्षक, रोग मुताविकका बिरामीहरु लगायतलाई फरक फरक कलर कोडिङ्ग गर्न सकिने यस प्रणालीले नगरपालिकाको स्वास्थ्यसेवा प्रवाह र नीति निर्माणलाई तथ्यांकपरक तरिकाले ब्यवस्थित गर्ने रिसालको भनाइ छ ।

स्वास्थ्य संस्थाको जिम्मेवारी तह अनुसारको विशेषता लिएर आफ्नो सेवा प्रवाह र त्यस्को रेकर्ड राखी त्यस्लाई एकीकृत गर्न सक्ने हुँदा बैंकहरूले सेवाग्राहीलाई सेवा सहज बनाए जसरी स्वास्थ्य सेवा दिइने उहाँले प्रष्ट पार्नुभयो ।

पत्रकार सम्मेलनमा चिकित्सक डाक्टर सुवास प्याकुरेलले हेल्थ कार्डका विशेषता बारे प्रष्ट पार्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend