जन आकाश
काठमाडौ । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा चार सम्प्रदायका खेन्पो, गेशे र लोपेनहरुलाई सम्मान गरिएको छ ।
बुधवार सिद्धार्थ बुटिक होटेलमा एक कार्यक्रम गरी बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गरेका करिब २०० जनाभन्दा बढी खेन्पो, गेशे र लोपेनहरुलाई कदर पत्रद्वारा सम्मान गरिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन नागरिक तथा उड्डयन मन्त्री सुदान किराँतीले गुम्बाहरू पुनर्निर्माण र स्तरीयकरण गर्न सरकार पक्षबाट हुने साथ सहयोग सधैँ रहने बताए । उनले भने,‘यो कदरले तपाईँहरूलाई थप ज्ञान र अध्ययनमा टेवा पुगोस् भन्ने हो ।’
यस्तै समितिका कार्यकारी निर्देशक होम दोङले बौद्ध धर्म गुरुहरूले आर्जन गरेका ज्ञानहरू समुदायसम्म पुर्याउन अत्यन्त आवश्यक रहेको बताउँदै बौद्ध धर्मको विकास र विस्तार गर्ने भनेकै तपाइ धर्म गुरुहरू हुन्, समितिले त भर्याङको काम मात्रै गर्छ ।
‘बौद्ध शिक्षालाई विस्तार गर्न तपाइहरूले खेलेको भूमिकालाई नेपाल सरकारमार्फत कदर गर्न पाउँदा गुम्बा विकास समिति गौरवान्वित महसुस भएको छ’, उनले भने, ‘बौद्ध दर्शनका शिक्षालाई समाजसम्म पुर्याउन एउटा प्लेटफार्म बनाएको छु¸त्यसमा पनि सीमित स्रोतसाधन भए पनि विभिन्न सीपमूलक तालिमहरू पनि आयोजना गरिरहेको छ, त्यो उपलब्धि हो ।’
समितिले बौद्ध धर्मको विकास र विस्तारको लागि केन्द्र र प्रादेशिक स्तरीय गुम्बा निर्माण गरी बौद्ध धर्म दर्शनको अध्ययन अध्यापन गराउने अवधारणा कार्यक्रम अगाडि बढाएको पनि उनले जानकारी दिए ।
यस्तै कार्यकारी दोङले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्ने बताउँदै स्रोत साधन सीमित छ तैपनि स्रोत साधन सुनिश्चितता भएपछि तिथि मिति सार्वजनिक गर्ने बताए ।
यसै गरी कार्यक्रमका सभाध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले गुम्बा विहारमा अध्ययनरत ज्ञानलाई समुदायको सतहसम्म पुर्याउन समितिले भर्याङको काम गरिरहेको छ । यस्तो व्यवहारिक र वैज्ञानिक बौद्ध शिक्षालाई समुदायमा पुर्याउने महत्त्वपूर्ण कार्य लामागुरुहरुको रहेको औँल्याउँदै राज्यको तर्फबाट तपाईँहरूलाई कदर पत्रले सम्मान गरेको बताए ।
‘वास्तवमा बौद्ध धर्म दर्शनको विकास र संरक्षणमा महत्त्वपूर्ण भूमिका तपाई बौद्ध धर्म दर्शनको बिद्वसि गुरु लामा, आनिहरुकै हो¸उनले भने ।’
कार्यक्रममा सेवेन महाविहारका प्रमुख खेन्पो गुर्मे छुल्ठीम, कर्मा सेक्रोलिङ गोन्पा प्रमुख लामा छोजे रिन्पोछे, आईबीए, प्रमुख डा खेन्पो जोर्देन, नेपाल बौद्ध महायान केन्द्र गोन्पाका प्रमुख खेन रिन्पोछे थुप्तेन छोङि, गायिका आनी छोइङ, खेन्पो सर्वाजित गोङ्बो, समितिका कर्मचारी लगायतको उपस्थिति रहेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend