जन आकाश
काठमाडौं– नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताएकी छन । सोमबारको प्रतिनिधि सभामा बोल्दै उनले सरकारले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन आग्रह गरेकी हुुन् ।
उनले बजेट दिनका लागि सांसदहरू हानथाप गर्ने तर कार्यान्वयनको पक्ष फितलो हुँदा नागरिकले खोजेको विकास पाउन नसकेको बताएकी छिन् । ‘आज हामी प्रि–बजेटको छलफल गर्न गइरहेका छौँ, बजेटको लागि हामी सबै सांसदहरू हानथाप गर्दछौँ । मेरो क्षेत्रमा हालिदिनुस भनेर तर दुई तीन दिन अघिको हेडलाइनमा १५ देखि २० प्रतिशत मात्रै प्रदेशमा बजेटहरू स्पेन्ट भयो भनेर । कार्यान्वयन पक्ष यति कमजोर छ, जति नै बजेट लगे पनि जनताले आफ्नो अपेक्षाअनुसार विकास पाइरहेको छैनन् । नेपाल सरकारले बजेट कसरी खर्च गर्ने ? र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक छ ।’ उन्ले भनिन्
राणाले कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले सरकारलाई दुग्ध किसानको भुक्तानी गर्न दिएको निर्देशन कहाँ पुग्यो भन्दै प्रश्नसमेत गरिन । ‘कार्तिकको १५ गते कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले सरकारलाई दुग्ध किसानको पेमेन्ट गर्न निर्देशन पठाएको थियो । अहिले कहाँ पुग्यो भनेर सभामुखमार्फत सरकारलाई ताकेता गरिदिन आग्रह गर्दछु,’ उनले भनिन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend