जन आकाश
काठमाडैं– नेपाली युवा उद्यमी मञ्च ९ल्थ्भ्ँ० ले क्ष्ीइ(क्ब्ीभ् परियोजनासँगको सहकार्यमा फेब्रुअरी २७ तारिखका दिन विशेष अतिथिहरूको उपस्थिति र चिन्तनमूलक छलफलहरू सहित होटल हिमालयमा राष्ट्रिय नीति संवाद २०२४ सफलतापूर्वक आयोजना भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय का सचिव एकनारायण अर्याल थिए भने विशेष अतिथिका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तर्फबाट खोमराज कोइरालाको उपस्थिति रहेको थियो । ल्थ्भ्ँ राष्ट्रिय गभर्निङ काउन्सिलका प्रथम उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
उद्घाटन सत्रमा आभूषण ज्योति कंसाकार, ल्थ्भ्ँ स्टार्टअप अध्यक्षले देशमा स्टार्टअपको स्थिति, चुनौति,अवसरहरु र स्टार्टअपहरूको उत्कृष्ट अभ्यासहरू साझा गरेका थिए । कंसाकारले सरकारसँग युवा उद्यमीहरूको दबाबपूर्ण मागलाई जोड दिँदै उनीहरूको आवश्यकतालाई गम्भीरतापूर्वक विचार गर्न आग्रह गरेको थिए ।
कार्यक्रम दोस्रो हाफमा आकर्षक प्यानल छलफलको साथ जारी रहेको थियो, जसमा धनीराम शर्मा ९सहसचिव, अर्थ मन्त्रालय०, जिबलाल भुसाल ९सहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय०, अन्जन श्रेष्ठ ९वरिष्ठ उपाध्यक्ष ँल्ऋऋक्ष्०, निविता प्रधान ९द्वितीय उपाध्यक्ष ल्थ्भ्ँ राष्ट्रिय गभर्निङ काउन्सिल०, र प्रकाश शर्मा ९राष्ट्रिय परियोजना संयोजक, क्ष्ीइ०। छलफलमा सरकार र युवा उद्यमीहरू बीचको सहकार्यलाई बढावा दिने महत्वपूर्ण पक्षहरूमा छलफल भएको थियो ।
विभिन्न युवा उद्यमीहरू, विद्यार्थीहरू, सञ्चारकर्मीहरू र विशिष्ट अतिथिहरूको उपस्थितिमा, कार्यक्रमले नेटवर्किङ र ज्ञान आदानप्रदानको लागि मञ्च प्रदान गरेको थियो ।
कार्यक्रमको समापन ल्थ्भ्ँ का अध्यक्ष सहारा जोशीले हार्दिक आभार प्रकट गर्दै, सबै सहभागीहरूलाई कृतज्ञता व्यक्त गर्दै युवाहरूलाई उद्यमशील परिदृश्यमा सशक्त बनाउन निरन्तर सहयोगको महत्त्वमा जोड दिएका थिय।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend