logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

प्रथम महालक्ष्मी महोत्सव भव्यताका साथ सम्पन


  • जन आकाश
  • शुक्रबार, फाल्गुन १८ २०८०

जयराम बिडारी ।
ललितपुरः संस्कार संस्कृति,पर्यटन, स्थानीय घरेलु उद्योगको समुचित प्रवर्द्धन एवं व्यापार व्यवसाय बृद्धिमा सघाउ पुर्याउने उद्देश्यका साथ प्रथम त्रीदिवशिय महालक्ष्मी महोत्सव फागुन ५,६,र ७ गते भव्यताका साथ सम्पन्न गरिएको छ ।



‘’महालक्ष्मी नगरको समृद्धिको आधार( शिक्षा ,संस्कृति पर्यटन,उद्योग र व्यापार ‘’ भन्ने मूल नाराका साथ महालक्ष्मी नगर पालिका ८, स्थित लुभु भगवती लाक्षीमाा आयोजित त्रीदिवशिय अन्तरगतको पहिलोा कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियो । महोत्सवको प्रचार प्रशारका लागि पत्रकार सम्मेलन , ग्वार्को ( लुभु साइकल र्याली लगायत बाजागाजा, सांस्कृतिक झांकी, स्काउट, स्वयं सेवक लगायत व्यापक रुपमा महोत्सको प्रचार प्रशारको व्यवस्था मिलाइएको बताइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका स्वास्थ्य तथा जनसंख्या मंत्री मोहनबहादुर बस्नेत स्वास्थ्यकै कारण उपस्थित हुन नसकेपछि ललितपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जनद्वारा पानसमा दीप प्रज्वलन तथा महोत्सवको बेलुन उडाएर कार्यक्रमको समुद्घाटन गरिएको उक्त कार्यक्रममा मेयर हरिगोविन्द श्रेष्ठको अध्यक्षता रहेको थियो । सो अवसरमा मेयर श्रेष्ठले धार्मिक,सांस्कृतिक तथा पर्यटकीय महत्वको स्थानको रुपमा रहेर पनि ओझेलमा परेको महालक्ष्मी नगर(क्षेत्रको समुचित बिकाश निर्माण लगायत स्थानीय स्रोत साधन परंपरागत धार्मिक,सांस्कृतिक कृषि तथा पर्टकीय गन्तव्यका रुपमा विकशित गर्न यस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिएका छन् ।

सघाउ पुर्याउनका लागि सघाउ पुग्ने कुरा ब्यक्त गरेका छन् । उक्त कार्यक्रममा विद्यालय व्यस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरु,बैक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,सम्पूर्ण शैक्षिक संस्थाका प्रमुख तथा जनप्रतिनिधिहरु,सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु शाखा प्रमुखहरु तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीहरु बाजा खलः,टोल विकास समितिहरु,महिला समूहहरु ,सुरक्षा कर्मीहरु
नेपाल स्काउट र स्वयम् सेवकहरु सञ्चारकर्मीहरुले कार्यक्रम सफल पार्न अहम् भूमिका निभाएका थिए ।

कार्यक्रममा विश्वमित्र गणेश माविका विद्यार्थीहरुद्वारा नगरगान प्रस्तुत गरेकाा थिए, भने नगरउपप्रमुख लक्ष्मी महर्जनले स्वागत तथा कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेकी थिइन् ।

उक्त अवसरमा डा.ओमकारेश्वर श्रेष्ठद्वारा लिखित लुभुको परम्परागत टोल तथा लुभु महोत्सव २०५४ को दोस्रो संस्करण २०८० पुस्तक विमोचन गरिएकोा
थियो सो अवसरमा वेष्टविङ माविका विद्यार्थीहरुद्वारा लसकुस, ब्ल्याक हक नेपाल स्वागत गीत तथा दाफा मंका खलःद्वारा वासुरी प्रस्तुत गरिएको थियोा ।

कार्यक्रममा माननीय प्रतिनिधिसभा सदस्य, ललितपुर क्षेत्र नम्बर २ का प्रेमबहादुर महर्जनले भाषा कला साहित्य संस्कृति र पर्यटनका क्षेत्रका समग्र विकासका लागि यस्ता मेला महोत्सवले प्रभावकारी भूमिका खेल्ने बताउंदै स्थानीय उत्पादनको व्यवसायिकिकरण गर्न,अर्थतन्त्रमा योगदान दिन,साहित्य, कला,संस्कृति एवं धार्मिक सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनका लागि मेला महोत्सवले सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

उक्त कार्यक्रममा महालक्ष्मी माविका विद्यार्थीहरुल् खुकुरीनाच, नमूना इङलिस माविका विद्यार्थीहरुबाट नृत्य, महेन्द्र आदर्श माविका विद्यार्थीहरुबाट नृत्य, सिद्धिमङ्गल माविका विद्यार्थीहरु बाट नृत्य,कलाकार नवराज घोरासैनी,आसा लामा,कुन्ती मुक्तान,किरण केसी, टीका भण्डारी, राजा राजेन्द्र,सुरेन्द्र केसी तथा शिवशंकर रिजालको संयुक्त प्रस्तुती अनिल सिंह लगायतका कलाकारटेलीको प्रस्तुती रहेको थियो । कार्यक्रमको दोस्रो दिन बिभिन्न स्थलको सम्भावनाको खोजी गर्ने उद्देश्य अनुसार दोस्रो दिनको कार्यक्रम सिद्धिपुर महोत्सवका रुपमाा सम्पन्न गरिएको थियो । महोत्सवको दोस्रो दिन सिद्धिपुर महोत्सवको प्रमुख अतिथिका रुपमा रहेकी पूर्व मन्त्री पम्फा भुसालले ललितपुरको समग्र समुन्नतिका लागि सम्पूर्ण राजनैतिक दल सरकार तथा स्थानीय जनताको हरेक क्षेत्रमा समान सहभागिता रहनुपर्नो कुरामा जोड दिंदै महालक्ष्मी महोत्सवको माध्यमबाट समग्र ललितपुरको बिकाशमा नयाँ स्वरुप परिवर्तन हुने बिश्वास ब्यक्त गरेकी छन् । महोत्सवको आकर्षणक् रुपमा ऐतिहासिक सम्पदाहरुको प्रदर्शन र अवलोकन, स्थानीय घरेलु उद्योगको उत्पादनक्षमताबृद्धि कृषि उत्पादन लगाएतको प्रदर्शनी साथै स्थानीय बोजे पोखरीमा बोटिंग लगायत फुड फेस्टिवल एवं सिद्धिपुरका नेवारी संस्कृतिको अध्ययन गरि सम्पन्न गरिएको थियो ।

तेस्रो दिन अर्थात् महोत्सवको अन्तिम दिन मनमोहन टावर तथा गणेशमान सिंह पार्क, मानेदोभान, गुम्वाहरुको अवलोकन तथा दृश्यावलोकन गरी लांकुरीभन्ज्यांग बाट कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रम अवधिभर राष्ट्रीय ख्यातिप्राप्त कलाकारहरुले मनोरंजन प्रदान गरेका थिए । कार्यक्रमको सुरुवातमा कार्यक्रम संचालकको असावधानीका कारण केही असहज परिस्थिति उत्पन्न भएपनि स्थानीय जनप्रतिनिधी बुद्धिजीवी लगायत आयोजक कमिटीको सुझबुझपूर्ण प्रयासले सामान्य रुपमा सम्पन्न गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend