logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

फिक्कल गाउँपालिकामा आधुनिक हस्पिटल भवन निर्माण सम्पन्न


  • जन आकाश
  • शुक्रबार, फाल्गुन १८ २०८०

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा आधुनिक हस्पिटलटको लागि १० सैयाको भवन निर्माण सम्पन्न भएको छ । उक्त भवन संघिय सरकारको ससत्र अनुदानमा सम्पन्न भएको हो । उक्त भवन निर्माणमा १० करोड अनुमानित बजेट अनुमान गरिएको भएपनि टेण्डर प्रक्रियामा ५ करोड ४७ लाँखमा आसिर्वाद निर्माण सेवा सग सम्झौता भई ताकेकै समयमा निर्माण सम्पन्न भएको हो । सो ठाउमा हस्पिटल बन्दा स्थानिय लगायत जनप्रतिनिधिमा समेत खुसि छायको र बिकटका जनताले सेवा पाउने मा खुसि भयका छन ।



तर हस्पिटलालाई आवशयक मेडिकल सामग्री नहुदा सञ्चालनमा आउन सकेको छैन ।
सघिय सरकार र प्रदेश सरकारसँग पालिकाले पहल गरिरहेको र चाडै सञ्चालनमा आउने त्यसै गाउँपालिकामा कार्यरत प्राविधिक प्रदीप खुलालले जन आकाश मिडियालाई जानकारी दिएका हुन् । ११ रोपनी क्षेत्रफलमा फैलिएर बनेको हस्पिटल भवन देख्दानै सुन्दर छ । जति सुन्दर भवन छ त्यतिनै मात्रमा अत्याधुनिक मेडिकल मेशिन व्यवस्थापन गर्न सकेमा फिक्कल गाउँपालिकाका सेवाग्रहीहरु लाभन्वित हुने थिए ।

उक्त हस्पिटल सञ्चालमा आएमा सिन्धुली मात्र नभएर ओखलढुङगा सम्मका बिरामीहरुलाई सेवा दिन सकिने पनि उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend