logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर स्थापना


  • जन आकाश
  • बिहिबार, फाल्गुन २४ २०८०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं.९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरी उक्त एक्सटेन्सन काउण्टरबाट  २०८० फाल्गुन २३ गतेदेखि कारोबार शुभारम्भ गरेको छ ।



सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्स मार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्नेछन ।  काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यका भित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा (ATM )मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend