logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

नेपालको राजनीतिमा के हुदैन !


  • जन आकाश
  • बिहिबार, फाल्गुन २४ २०८०

काठमाडौ । नेपालको राजनीति १९९३ सालमा प्रजा परिषदको स्थपना पछि कहिल्यै स्थाईत्व हुन सकेको छैन । यहि राजनीतिलाई प्रजातन्त्रको खोल ओडाईएको पनि छ । त्यति मात्र काहा होर लोकतान्त्रिक गणतन्त्र भनेर संविधानमा नै उल्लेख गरिसकिएको छ ।



त्यो समय देखि यो समय सम्म अर्थात प्रजा परिषदको स्थापना भए देखि विकसित भएका पार्टीहरु र हालको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अवस्थासम्म आईपुग्दा कुनै पनि सरकारले इस्थाइत्व हुने गरी सरकार चलाउन सकेका छैनन् । त्यही अस्थिर राजनीतिले देशको विकास हुन सकेन भनेर २०७३ साल असोज ३ गते स्थापना भएको संविधानले निर्वाचित भएर सदनवाट कार्यकारी प्रमुख भईसकेपछि २ बर्षसम्म सरकारमा अविश्वासको मत राख्न नपाईने व्यवस्थामा उल्लेख गरेको छ ।

तर २०७९ सालको निर्वाचनवाट प्राप्त जनादेशलाई आधार मान्ने हो भने सवैभन्दा ठुलो पार्टी नेपाली काँग्रेस, दोस्रो ठुलो पार्टी नेकपा (एमाले) त्यस पछि नेकपा माओवादी केन्द्र क्रमश जनताको मत आएको थियो । जसमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निर्वाचनको वेला गठबन्धन गरेर निर्वाचनमा गएका थिए । नेपाली काँग्रेसले ८९, नेकपा एमालेले ७८, नेकपा माओवादी केन्द्रले ३२, रास्वपाले २०, राप्रपाले १४,जसपाले १२, एकीकृत समाजवादी माधव कुमार समुहले १०,जनमत पार्टी ६,स्वतन्त्रवाट ५, लोकतान्त्रिक समाजवादी ४, नागरिक उन्मुक्ति ३,नेपाल मजदुर किशान पार्टी १, राष्ट्रिय जनमोर्चा १ यसरी जनताले मत दिएका थिए ।

नेपाली काँगे्रस र माओवादी गठबन्धन गर्दा प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको नेतृत्व गरेका थिए । निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर माओवादी केन्द्रले गर्ने र त्यसको २ बर्षपछि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको नेतृत्व गर्ने मौखिक सहमति अनुसार नै २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गठबन्धनलाई भोट मिलाएर जनतासँग मागेका थिए ।

त्यो सहमतिमा शंका, धोका, जोड घटाउ जस्ता विषयले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सकिए लगतै शुरु भएको यियो । जसमा एमाले, रास्वपा, राप्रपा,जसपा, उन्मुक्ति पार्टी सहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेको थियो ।

त्यसको ३ महिना नपुग्दै प्रचण्डलाई नेपाली काँग्रेस, एकीकृत समाजवादी र जनमोर्चा सहितको समर्थनमा प्रधानमन्त्री निरन्तरता पाईराखेका थिए । त्यतिवेला सरकारव बनाउन समर्थन दिएको रास्वपा, राप्रपा, एमालेले सरकारवाट बाहिरिएका थिए ।

क्रमश यसरी नै सरकारको जोड घटाउमा लागेका राजनीतिक पार्टीहरुको संख्या पु¥याएर सरकारमा जाने मन्त्री बन्ने बनाउने खेल निरन्तर रुपमा चलिरहेको छ । पुनः नेपाली काँग्रेस पार्टीलाई चकित पार्दै एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी पार्टीको समर्थनमा प्रचण्डकै नेतृत्वलाई निरन्तरता दिने गरी अर्को पटक सरकारवाट बाहिरिहनेमा नेपाली काँग्रेस भएको छ ।
यतिवेला नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी पार्टी, नेकपा एमाले सरकारमा सहभागी भई मन्त्रालय समेत वाडफाड गरेर सरकार गठन भईसकेको छ ।

हेर्नुस मन्त्रीहरुको नामवली
प्रधानमन्त्रीः पुष्पकमल दाहाल (प्रचण्ड)
उपप्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीः नारायणकाजी श्रेष्ठः
उपप्रधानमन्त्री तथा गृहमन्त्रीः रवि लामिछाने

बर्षमान पुनः अर्थ, शक्ति बहादुर बस्नेत उर्जा जलस्रोत तथा सिचाई, भानुभक्त जोशी संघिय मामिला तथा सामान्य प्रशासन, हित बहादुर तामाङ सस्कृति, पर्यटन तथा नागरिक उड्ययन, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला,ज्वाला कुमारी शाह कृषि तथा पसुपंछी विकास, बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण, दामोदर भण्डारी उद्योग, बणिज्य तथा आपुर्ति, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, राजेन्द्र कुमार राई खानेपानी, हरि प्रसाद उप्रेती रक्षा, धन बहादुर बुढा शहरी विकास, डोल प्रसाद अ¥याल रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि,विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गरिसकेका छन् ।

त्यसकारण राजनीतिमा स्थाई शत्रु मित्र कोही हुदैन भन्ने चरित्रार्थ यिनै घटनाहरुले पुष्टि गर्छन । नेपालको सन्दर्भमा विकसीत राष्ट्रहरुको उनिहरुको तरिका फरक होला । नेपाल जस्ता राष्ट्रलाई आफ्नो योजनामा कसरी हिडाउने भन्ने त्यस्तै अनुरुपको सरकार ढाल्ने बनाउने चलिराखेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend