logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

इन्दिरा निरौलाको, कविता


  • जन आकाश
  • बुधबार, फाल्गुन ३० २०८०

रोटी माग्न लेखिन मैले कबिता र गजल।
अघाएकाहरु भन्लान यसको रोटी माग्ने निहु हो।
मैले अभाबको भुमरीमा जीवन जिइरहेका निरही एक नारीको जिन्दगीको कबिता र गजल लेखे।
भन्लान अघाएकाहरुले यसको अघाउने बाहाना हो।
मैले कबिता अनि गजल हैन।
मैले केबल नारा लेखे।
लुछिएकी निरहि आमाका चुसीएका स्तनका मुन्टा साँक्षी छन।
एक अबला नारीको जिबनको गजल लेखे।
मलाई के को डर?
मैले भोकले भौतारीएका भोकाहरुको जिबनको गित लेखे।
यता मैमत्ते महलमा नारीको नारा लगाउदै गुजरा चलाएर रमझम गरिरहेछन एक थान मनुष्यहरु।
उता दरिद्र हजारौं आमाहरु रातभरि लहरे खोकि लागेर खोकिरहेछिन।
यसरी दुखीको मझेरीमा जुठो परेको बेला।
म आँसुमा टेकेर कसरी गाउन सक्छु नारी दिवसमा सुखको गित।
दरबारियाहरुले मादल बजाए भन्दैमा।
चाप बाधीएका नेल झै खुट्टाले उफ्रिएर,
म कसरी दरबार अगाडि नाच्न सक्छु।
त्यसैले मैले नौलो गित गाए।
मलाई के को डर?
मैले भोकाएकाहरुको गित गाए।
मैले निरही नारीहरुको गित गाए।
मैले बिद्रोहको गित गाए।
यो धर्ति आकास साँची राखेर मैले नारी मुक्तिका गित गाए।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend