logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

रस्नालुमा नारी दिवश भव्य रुपमा सम्पन्न


  • जन आकाश
  • शुक्रबार, चैत्र २ २०८०

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वाडन ३ रस्नालुमा अन्तराष्ट्रिय नारी दिवशको अवसर पारेर गएको फागुन २५ गते भव्य कार्यक्रम भएको छ । विभिन्न महिला सञ्जाल, आमा समूहको सहभागिता रहेको कार्यक्रममा जट्टेश्वरी महिला समाजकी अध्यक्ष राधिका कार्कीको अधयक्षतामा र रास्वपाका बागमती प्रदेश उप–सभापति दिनेश हुमागाईको प्रमुख अतिथिमा त्यसैगरी विशेष अतिथिहरुमा ,गोकुलगंगा गाउँपालिकाका उपाध्यक्ष उषा कार्की, गोकुलगंगा गाउँपालिका वानन ३ का वडा अध्यक्ष नरबिक्रम कार्की, रास्वपा बागमति प्रदेश महामन्त्री सुरेन्द्र भट्ट, बागमती प्रदेश सदस्य प्रमिला कडेल, नेकपा एमालेका प्रदेश कमिटी सदस्य अर्जुन कुमार कार्की अतिथिहरुमा रास्वपाका निर्वाचन क्षेत्र परिचालन समिति रामेछापका सभापति विष्णु कार्की, गा्ेकुलगंगा माविका प्रद्यानध्यापक छत्र बहादुर सुनुवार, रस्नालुका महिला समुह प्रतिनिधिहरु मनमाया कार्की खत्री, श्रृमला तामाङ, सिता श्रेष्ठ, मानशोभा कार्की, गीता कार्की, लगायतको आतिथ्यमा कार्यक्रम भएको थियो ।



कार्यक्रममा नेपालका नारीहरुको अवस्था, नारीहरुले भोग्नुपरेका घरेलु हिंसा, समस्या जस्ता विषयमा महिला समुहका अगुवाहरुले आ–आफ्नो भनाई राखेका थिए । भने पमुख अतिथि, विशेष अतिथि, अतिथिहरुले नारी दिवशको अवसरमा शुभकामना मन्तव्य राख्दै आउदा दिनहरुमा नारीको चेतना र शिक्षाकोे लागि सवैभन्दा महत्वपूर्ण काम गर्ने बताएका थिए । त्यस कार्यक्रमको अध्यक्षता समेत गरेकी जट्टेश्वरी महिला समाजकी राधिका कार्कीले कार्यक्रमको व्यवस्थापन गरिदिएको भनेर रास्वपालाई धन्यवाद दिदै कार्यक्रम आएका अतिथिहरु सवैलाई धन्यवाद दिएकी थिइन कार्यक्रम गोकुलगंगा माविको प्रगणमा भएको थियो ।

उक्त कार्यक्रममो व्यवस्थापन रास्वपाले गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend