logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

चुचुरेका सुतार कार्कीहरुले नयाँ बर्षको उपलक्ष्यमा शूभकामना आदान प्रदान गर्ने


  • जन आकाश
  • शनिबार, चैत्र ३ २०८०

काठमाडौ । रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वाडन १ चुचुरे भित्र बासोबास गर्ने सुतार कार्कीह्रुले नेपालीहरुको नयाँ बर्षको उपलक्ष्यमा बनभोज कार्यक्रमको आयोजना गरी भेटघााट तथा शूभकामना आदान प्रदान गर्ने भएका छन् ।



मितिः २०८० साल चैत्र ३ गते काठमाडौको मुलपानी शिव मन्दिरमा बसेको सुतार कार्की सेवा समिति चुचुरेको बैठकले नयाँ बर्षको उपलक्ष्मा वनभोजको आयोजना गरी चुचुरे भित्रका तर काठमाडौ आई बसोबास गर्ने सुतार दाजुभाईहरु कतिपय अन्यत्र भेटघाट हुदा आफ्नै दाजुभाई नचिन्ने र नयाा पुस्ता र पुराना पुस्तको ग्याव भएको हुनाले नेपालीहरुको नयाँ बर्षमा खुशी मनाउदा पनि दाजुभाई भेटघाट भएर खुशी साटासाट गरेर मनाउन भनि वैशाख ८ गते शनिवार निर्णय गरेको सुतार कार्की सेवा समिति चुचुरेका अध्यक्ष श्रीराम कार्कीले जानकारी दिएका छन् ।

उक्त वनभोज कार्यक्रममा जोडिन ईच्छुक वाडन १ का सुतार कार्कीहरुले व्यवस्थापन समितिमा रहेका याम बहादुर कार्की श्याम कार्की, सन्दिप कार्कीलाई सम्पर्क गरी चैत्र मसान्त भित्र जनही रु १२०० बैकको खातामा रकम जम्मा गर्नुपर्ने निर्णय समेत गरिएको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend