जन आकाश
काठमाडौ । केहिदिन अगाडी गरिविको कारण समयमा उपचार नपाएर मृत्यु भएका पाण्डब राइको परिवारलाइ कुमारीगाल काठमाडौका समाजसेवीहरुले सहयोग गरेकाछन। आज पशुपतिमा जुठो बारिरहेका पाण्डब राइकि धर्म पत्नि र छोरा कोरा बसेको स्थलमा नै पुगि ति समाजसेविहरुले सहयोग गरेका हुन।
उक्त सहयोग गर्न अगुवाई गर्ने रामचन्द्र ढकाल हुन भने उनलाइ साथ दिने अरुनसिह बस्नेत, मोहन मणि आचार्य लगायतले साथिभाइ सग पहल गरि ३१५२५ रुपैयाँ सड्ढलन गरि नेपालका पुर्व मत्री तथा ससद, अर्जुन नरसिंह केसि,डा. केदार नरसिह केसि, सविधानसभा सदस्य जगदीश नरसिंह केसि पुर्व बागमती प्रदेश सभासद नरोत्तम वैद्यको उपस्तिथिमा उक्त रकम पिडित परिवारलाइ हस्तान्तरण गरेका हुन।

त्यसैगरी पुर्व मन्त्री समेत रहेका अर्जुन नरसिंह केसिले सोहि अवसर पारेर यशोदादेवि भवन ट्र्स्ट नुवाकोटवाट ७१५०० पीडित माइलि राइलाइ हस्तान्तरण गरेकाछन। काठमाडौ महानगरपालिका वाडन ७ समाजसेवीहरुको तर्फबाट ३१५२५ यशोदादेवि भवन नुवाकोटवाट ७१५०० गरि जम्मा १०३५२५ एकमुष्ट रकम हस्तान्तरण गरेका हुन।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend