जन आकाश
काठमाडौ । पुलचोकस्थित हिमालयन इन्टरप्राइजेज प्रा.लिले केही दिन अगाडी देखि हिमालयन ईन्टरप्राइजेज प्रा.लि र सञ्चालकहरु प्रति लक्षित गरेर केही समाचार सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्याक्तिको मादमर्दन हुनेगरी भ्रमपूर्ण समाचार प्रकाशन भएको हुनाले उक्त समाचारको गम्भिर ध्यानकर्षण भएको विज्ञप्ति प्रकाशित गरेर आम सञ्चार माध्यमलाई उक्त समाचार भ्रमपूर्ण रहेको जानकारी दिएको छ ।
उसले २०८० साल चैत्र ४ गते विज्ञप्ति जारी गर्दै उक्त समाचार प्रति ध्यानकर्षण भएको सार्वजनिक अपिल गरेको हो ।
उसले अपिल गरेको विज्ञप्ति जस्ताको तस्तै तल हेर्न सक्नुहुने छ ।
हिमालयन इन्टरप्राईजेज प्रा.लि. को पुल्चोक स्थित जग्गा सम्वन्धमा भ्रमपूर्ण समाचार
प्रति गम्भिर ध्यानाकर्षण
२०३८ साल देखि विभिन्न तहगत न्यायिक निकायवाट कानूनी उपचारको माध्यमवाट हिमालयन इन्टरप्राईजेज प्रा.लि.का नाममा हक कायम भएको पुलचोक ललितपुर स्थित कित्ता नं. ४३ को ४–४–१–० रोपानी जग्गा सम्वन्धमा विगत केही दिन देखि केही समुहले उक्त जग्गा माथी अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गरि रहेको र कम्पनीका संचालकहरुको व्यक्तिगत मान, प्रतिष्ठामा आँच आउने गरि बिभिन्न संचार माध्यम, सोसल मिडियाहरुमा भ्रमपूर्ण समाचारहरु सम्प्रेषण गरिएको प्रति यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएकोछ ।
मिति २०५१/०२/१० मा कम्पनी खरिद संगै कम्पनीको सम्पत्तीको रुपमा आएको उक्त कि.नं. ४३ को जग्गा छुट दर्ता सम्वन्धमा श्री सर्वोच्च अदालतवाट मिति २०५७/०२/३२ मा भएको फैसला एवं (सम्वत् २०५९ को रिट नं. २७९९) मिति २०६२/०७/०१ मा भएको परमादेशको आदेशमा मालपोत कार्यालयवाट कानून वमोजिम गर्नु भनि भएको फैसला अनुरुप कार्वाही हुँदा मिति २०६६/०४/१२ मा वडा नं. ३ को कार्यालयवाट गरिएको सर्जमिन मुचुल्कामा मिखावहाल गुठी, छायवहाल ञवा खल लगायतका सम्पुर्ण गुठि तथा सम्वन्धीत पक्षहरुले कम्पनीको जग्गा भनी सर्जमिन गरे पश्चात उक्त जग्गा कम्पनीको नाममा दर्ताका लागि सिफारिस भए अनुरुप मिति २०६७/०९/२९ मा हिमालयन इन्टरप्राईजेजको नाममा छुट जग्गा दर्ता गर्ने निर्णय भई जग्गाधनी प्रमाण पुर्जा समेत जारी भई आएको व्यहोरा जानकारी गराउदछौं । सो जग्गा सम्वन्धमा विभिन्न व्यक्तिहरुले हकदावीे गरि मालपोत कार्यालय, पुनरावेदन अदालत एवं सर्वोच्च अदालतमा मुद्दा गरेतापनि उक्त जग्गा कम्पनीको कायम हुने भनी मुद्दा नं. (०७४–CI–०४८२) र (०७४–CI–०४८४) मा श्री सम्मानित सर्वोच्च अदालतवाट मिति २०७९÷११÷२३ अन्तिम फैसला भईसकेको अवगत गराउदछौं ।
यस कम्पनीले कानून वमोजिम प्राप्त गरेको जग्गालाई विना आधार प्रमाण अनर्गल भ्रम फैलाई सामुहिक रुपमा जग्गा माथी अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गर्ने कार्य नगर्न नगराउन हुन सम्वन्धित पक्षहरुलाई अनुरोध गर्नुका साथै सम्पूर्ण संचार मध्यमहरुले समेत सत्य तथ्य बुझी समाचार सम्प्रेषण गरिदिनु हुन समेत अनुरोध गर्दछौं ।
हिमालयन इन्टरप्राईजेज प्रा.लि.
पुल्चोक, ललितपुर ।
मितिः २०८०/१२/४
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend