logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

४४ अधिकृतको बढुवा को को भए उपसचिव हेर्नुस सूची


  • जन आकाश
  • बुधबार, चैत्र ७ २०८०

काठमाडौ । दुई महिना अगाडि नै शाखा अधिकृतबाट उपसचिवमा बढुवा सिफारिस भएका ४४ कर्मचारी बढुवाको सूची प्रकाशन भए पछि केही कर्मचारीहरु लोकसेवा आयोग पुगे,उजुरी बोकेर । सोही कारण बढुवा सिफारिस भएर पनि नियुक्ति लिन पाएका थिएनन् । तर आयोगले केही कैफियत नभेटे पछि सोही बढुवा सूची कायम भएको छ ।



गत माघ पहिलो साता बढुवा सिफारिस समितिकोको बैठकले जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा ४४ जना अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । जसमा सामान्य प्रशासन समूहका ३४ जना र नेपाल प्रशासन सेवाकै लेखा समूहतर्फका १० जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस भएका थिए ।

सामान्य प्रशासन समूहका शोभाकर पाण्डेय, नारायण प्रसाद भट्टराई, बाल कृष्ण गैरे, चन्द्र प्रसाद मिश्र, गगन सिंह विष्ट, विष्णु प्रसाद पौडेल, अशोक कुमार भट्टराई, मीन बहादुर भट्टराई, अर्जुन प्रसाद रिजाल, नारायण प्रसाद आचार्य रहेका छन् । यसैगरी ध्रुव कुमार भण्डारी, रघुवंश कँडेल, कृष्णा कुमारी गोली, देवर्षि सापकोटा, सावित्री श्रेष्ठ, विष्णु प्रसाद ज्ञवाली, घनश्याम गौतम, अकबर प्रधान, खेम नारायण पौडेल, कृष्ण प्रसाद गौतम, जगदीश मिश्र, भीमराज कोइराला, रमेश बहादुर बुढाथोकी, पुनाराम पौडेल, अयोध्या प्रसाद भण्डारी, राम कुमार कार्की, दिपेन्द्र कुमार खत्री, डिल बहादुर कार्की, नरेन्द्र बहादुर पाल, ऋषिराम सुवेदी, भोज बहादुर भण्डारी, चूडामणि भण्डारी, बखत बहादुर खड्का, खगेन्द्र प्रसाद भट्ट बढुवाका लागि सिफारिस भएका थिए ।

यस्तै लेखा समूहतर्फ हिमलाल अधिकारी, टिकेन्द्र बहादुर थापा, गणेश प्रसाद घिमिरे, देवी प्रसाद गौतम, हरिहर शर्मा तिवारी, बोधराज घिमिरे, विष्णु प्रसाद खनाल, सिध्दराज ओझा, अशोक खनाल र मनोज कुमार जोशीको बढुवा यथावत कायम रहेको मन्त्रालयले जनाएको छ ।

बढुवाको सूची प्रकाशन भएसँगै लोकसेवा आयोगमा उजुरी परेको थियो । सोही कारण लम्बिएको नियुक्ति प्रक्रिया अन्तत अगाडि बढेको र पूरानै बढुवा नियुक्ति कायम भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend