logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

एन आई सी एशिया बैंकद्धारा बचत खातामा उपलब्ध बीमा वापत रू. १ करोड २० लाख बीमा रकम भुक्तानी


  • जन आकाश
  • मंगलबार, चैत्र १३ २०८०

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआई सी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरू सहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८० आषाढ १८ देखि फाल्गुण १४ सम्ममा घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा पर्नु भएका पाँच जना गरी कुल १२ जना खाता वालाहरूलाई प्रति व्यक्ति रू. १० लाखको दरले जम्मा रू. १ करोड २० लाख बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपालइन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको छ ।



बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोल्न भएका निज ग्राहक महानुभावहरू तथा परिवार सदस्यलाई बीमा कम्पनीहरुले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो । यस बैंकको काठमाडौ स्थित नागपोखरी शाखामा खाता खोल्नु भएकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोल्नु भएका चक्र बहादुर कटुवाल, रुपन्देहीस्थित राममन्दिर बुटबल शाखामा खाता खोल्नु भएकी पार्वती श्रेष्ठ, रुपन्देही स्थित सउ फर्सटिकर शाखामा खाता खोल्नु भएका पुन्य प्रसाद ढकाल र कास्की स्थित न्युरोड पोखरा शाखामा खाता खोल्नु भएका विजय कुमार गुरुङलाई दुर्घटना बीमा बापत एवं काठमाडौं स्थित कर्पोरेट अफिस शाखामा खाता खोल्नु भएकी एलिना न्यौपाने र काठमाडौं स्थित कालोपुल शाखामा खाता खोल्नु भएकी निर्मला चापागाँईलाई घातक रोग बीमा वापत जनहीरू. १० लाख प्रति व्यक्तिका दरले कुलरू.७० लाख रकम प्रदान गरिएको हो ।

निज लाभग्राहीहरूले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गर्नुभएको हो । त्यसैगरी सिराहास्थित मिर्चैया शाखामा खाता खोल्नु भएका राधेश्याम रजक साफी, ललितपुर स्थित पुल्चोक शाखामा खाता खोल्नु भएका तेज बहादुर सुवेदी, चितवन स्थित चनौली शाखामा खाता खोल्न भएका गणेश बहादुर गुरुङ, बर्दिया स्थित मग्रागढी शाखामा खाता खोल्नु भएकी कुमारी रिता भुसाल रबारा स्थित कलैया शाखामा खाता खोल्नु भएका कन्हैया लाल चौधरीले दुर्घटना बीमा वापत जनहीरू. १० लाख प्रति व्यक्तिका दरले कुलरू. ५० लाख रुपैयाँ नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ प्रदान गरिएको हो ।

यस बैंकको बीमा सहितको निक्षेप योजनाहरू अन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई रू. १४ करोड ३८ लाख रुपैैंया भन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ । जसमध्ये घातक रोग बीमा वापत ३३ बढीलाई रू. ३ करोड ५० लाखभन्दा बढी, दुर्घटना बीमा वापत २६ बढीलाई रू. २ करोड ६० लाख बढी र मेडिकल बीमा वापत ६ हजार ३ सय २ भन्दा बढीलाई रू. ८ करोड २८ लाख १० हजारभन्दा बढी रकम प्रदान गरिएको छ ।

यस बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि रू. ८४ लाख सम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ । जस अन्तर्गत आकर्षक ब्याजदर, ५ वर्ष सम्म रू. ८४ लाखसम्मका ३ बीमा, १८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्व श्रेष्ठ फाइदाहरू समावेश छन् ।

उक्त रू. ८४ लाख बराबरको आकर्षक बीमा फाइदा अन्तर्गत रू. ४० लाखको दुर्घटना बीमा, रू. ४० लाखको घातक रोग बीमा र रू. ४ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले रू. ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि रू. ८० हजारसम्म बीमा लाभ प्राप्त गर्न सक्नेछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend