logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

मधेशी एकता समाज कतारले परम्परागत तरिकाले मनायो होली


  • जन आकाश
  • मंगलबार, चैत्र १३ २०८०

काठमाडौं । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मनाएको छ ।



तराई मधेशमा होली मनाइएको दिनको अवसर पारेर एकता समाजले परम्परागत तरिकाले रंगहरुको पर्व मनाएको हो । मुस्लिमहरुको पवित्र रमजान महिना अहिले जारी रहेकोले होलीसँगै उनीहरुले इफ्तार कार्यक्रम समेत राखेका थिए । होली कार्यक्रमको मुख्य आकर्षणको रुपमा उनीहरुले एक अर्कालाई रंग अबिर दलेर शुभकामना आदान प्रदान गरेका थिए ।

यस्तै उनीहरुले परम्परागत बाजाको तालमा जोगिरा र होली गीत गाएका थिए । त्यस अवसरमा मालपुवा, पुरी, तरकारी, चटनी र तरुवाल गायका मधेशका परिकार उनीहरुले पकाएर खाएका थिए । एकता समाज कतारका अध्यक्ष शिवकुमार महतोले होली कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने महासचिव चन्द्रवीर यादवले कार्यक्रम संचालन गरेका थिए ।

मनिष यादव, लालबाबु साह, तेजीलाल मण्डल, विशेश्वर यादव, चन्द्रवीर यादवले सबै अतिथि तथा सहभागीहरुलाई स्वागत गरे । त्यस अवसरमा मधेशी एकता समाजका संस्थापक एवं अन्तर्राष्ट्रिय समितिका संयोजक डा. रवीन्द्र कुमार यादवले होलीको शुभकामना दिनुहुँदै समाजलाई अझ सुदृढ बनाउनेबारे छोटो मन्तव्य राखेका थिए ।

यस्तै, पवन ठाकुर, अभय ठाकुर, गौतम शर्मा, राम हृदय साह, कमलेश महतो, गंगा यादव, संजीव साह, राजा साह, श्याम साह, धर्मेन्द्र गुप्ता, मनिष गोस्वामी, जयप्रकास यादवलगायतका कतारमा रहेका मधेशीसँग सम्बन्धित विभिन्न संस्थाहरुको व्यक्तिहरुको रंगारंग कार्यक्रममा उपस्थिति थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend