logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग’


  • जन आकाश
  • बुधबार, चैत्र १४ २०८०

काठमाडौं । निर्माण व्यवसायीहरूको सुरक्षालाई लिएर सरोकारवाला निकायको बारम्बार ध्यानाकर्षण गराइरहँदा समेत व्यवसायीहरूको ज्यानै लिने गरी भइरहेका आततायी आक्रमणका घटनामा कुनै कमी नआएको नेपाल निर्माण महासंघले जनाएको छ ।



व्यवसायी उपर भइरहेको घटनाकै अर्को सिलसिला अन्र्तगत महासंघका साधारण सदस्य ललितपुर जिल्ला निर्माण व्यवसायी संघ आबद्ध बाराही निर्माण सेवाका सञ्चालक चन्द्रबहादुर लामाका सुपुत्र तोरण कुमार लामा उपर भौतिक आक्रमण भएको महासंघको भनाइ छ ।

लामालाई नेशन श्री बाराही लामा जेभी मार्फत् धादिङ जिल्ला सिद्धलेक गाउँपालिकास्थित बैरेनी पिपलनलाङ ठाँटीकमला वारी (बरबोटे देखि भट्टराईडाँडा चौतारा खण्ड) सडक निर्माणको क्रममा यही चैत्र ८ गते स्थानीय पृथ्वी गुरुङ र राजीव गुरुङले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाइएको महासंघको विज्ञप्तिमा जनाइएको छ । महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति जारी गरी घटनाको कडा शब्दमा निन्दा एवं भत्सर्ना गर्दै खेद समेत व्यक्त गर्नु भएको छ ।

घटनामा संलग्न आक्रमणकारीलाई तत्काल पक्राउ गरी प्रचलित ऐन नियम बमोजिम कार्वाही गर्न महासंघले जोडदार माग गरेको छ ।

साथै देशभरका निर्माण व्यवसायीहरू सहित उनीहरूको निर्माण उपकरणहरूको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न महासंघले पुन ः एक पटक सरोकारवाला निकाय सबैको स्मरण गराएको छ । अब पनि व्यवसायीहरू माथिको आक्रमण बन्द नभएमा पेशागत सुरक्षार्थ महासंघ सशक्त कदम चल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend