logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

एभरेष्ट बेैंकद्धारा Global Money Week  – 2024 कार्यक्रम सम्पन्न


  • जन आकाश
  • बुधबार, चैत्र १४ २०८०

काठमाडौ । नेपाल राष्ट बेैंकको संयोेजनमा बिगत वर्षहरmजस्तै यस वर्ष पनी एभरेष्ट बेैंकले मिति २०८०/१२-०५ देखी सप्ताव्यापी अभियान अन्तर्गत Global Money Week – 2024 को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।



उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल÷क्याम्पसहरmमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विद्यार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गराएको उल्लेख छ ।

Protect Your Money, Secure Your Future भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराएको छ ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको एभरेष्ट बैंक स्थापना काल देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको दावी बैकले गर्ने गरेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend