logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नेपाल एसबिआई बैंक लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम


  • जन आकाश
  • बिहिबार, चैत्र १५ २०८०

काठमाडौं । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२४ को अवसरमा “प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर” भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।



सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणाहरू लगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा शिक्षित गराउने उद्देश्य राखेको थियो ।

न्युरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगन्ज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौंडा, पीपीओ पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगापुर,कोहलपुर, मणिग्राम, दाङ लगायतका विभिन्न शाखामा सञ्चालित कार्यक्रममा करिब आठ सय जनाको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend