logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

जडिबुटी व्यवसायि संघ नेपालको अध्यक्षमा देवेन्द्र ढकाल निर्विरोध


  • जन आकाश
  • शुक्रबार, चैत्र १६ २०८०

काठमाडौ । जडिबुटी व्यवसायि संघ नेपालको १४ औ साधरणसभा तथा आठौ अधिवेशनवाट संघमा सस्थापक सचिवको रुपमा रहेका देवेन्द्र ढकाललाई आठौ अधिवेशनवाट निर्विरोध चयन गरेको छ । आज नै अध्यक्ष चयन भएपछि देवेन्द्रको नेतृत्वमा ११ सदस्य कार्यसमिति पनि सर्वसहमत चयन भएको छ । निवर्तमान अध्यक्ष बिष्णु भण्डारीले आफ्नो कार्यकालमा भए गरेका प्रगति साधरणसभामा पढेर सुनाएका थिए र आउदा दिनमा निवर्तमान कार्यसमितिले संस्था र व्यवासयिको हितको लागि भएका दिर्धकालीन रुपमा रहेका कार्यक्रमहरुलाई निरन्तरता दिन आफु सधै संस्थामा पदाधिकारीहरुसँग रहने प्रतिबद्धता जाहेर गरेका थिए ।



कार्यक्रमलाई दुुई शत्रमा बिभाजन गरी तय गरिएको थियो । पहिलो शत्रमा उदघाटन शत्र र दोस्रो शत्रमा अधिवेशन गरिएको थियो । अधिवेशनमा अध्यक्षको भएको छलफलमा सर्व सहमतिले देवेन्द्र ढकाललाइ  अध्यक्षमा चयन गरेको हो।

 

कोहुन ढकाल
लमजुुङमा जन्मेका ढकाल नेपाल जडिबुटी व्यवसायि संघका सस्थापक सचिव हुन् । स्थापना कालमा महत्वपूूर्ण भुुमिका निर्वाह गरेका देवेन्द्र ढकालले सस्थाको हितमा लामो समय सचिव तथा कार्यलय सचिवको समेत कार्यभार समालेर काम गर्दै आएका थिए । त्यसपछि उपाध्यक्ष पदमा निर्वाचित भई थप कार्यसम्पादन गर्दै अएका थिए । त्यसपछि वरिष्ठ उपाध्यक्षको भुमिका रहेर कार्यसम्पादन गर्दैै जडिबुटी व्यवसायि संघको सल्लाहकार भएर महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका थिए । भने निर्वमान कार्यसमितिमा सल्लाहकारको भुमिकामा रहेका थिए । व्यवसाय क्षेत्रमा इमानदार भएकैकारण धेरै व्यवसायिहरुको मन जित्न सफल व्यवासायि हुन् । त्यहि उनको इमानदारिताको कदर र्गर्दै १४ औ साधरणसभाले उनलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ ।

त्यसपछि सर्वसहमत भएका कार्यसमितिको नामवली यस प्रकार छ ।

अध्एायक्षः देवेन्द्र ढकाल
वरिष्ट उपाध्यक्षमाः महेश बञ्जरा
प्रथम उपाध्यक्षमाः कृष्ण कडेल
सचिवमाः सुनिलमान तुलाधार
सह सचिवमा सुरेश सापकोटा
कोषाध्यक्षमाः बिक्रमराज कुुवंर
महिला सदस्यमाः इच्क्षा कायस्थ
सदस्यहरुमाः सुदिप गौतम, डा. डम्बर बहादुर सुनुवार, सचित शाह, गोविन्द खलाल कार्यसमिति चयन गरी आज नै पद तथा गोपनियताको सपथ ग्रहण समेत गरेका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend