logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

जडिबुटी व्यवसायि संघ नेपालको बार्षिकोत्सवमा रक्तदान


  • जन आकाश
  • शनिबार, चैत्र १७ २०८०

काठमाण्डौ । रक्तदान जिवन दान, रक्तदान महादान भन्ने मूल नाराका साथ जडिबुटी व्यवसायि संघ नेपालको १४ औ साधरणसभा तथा ८ औ अधिवेशनको अवसर पारेर जागरुक युव नेपालको आयोजनामा काठमाडौको नयाँ बजारस्थित सम्राट पार्टी प्यालेसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।



बिभिन्न सामाजिक काम गर्दै आएको जागरुक युथ नेपालले एक परिवार एक रक्तदान भन्ने मूल नारानै तय गरेर रक्त संकलन गरी ब्लड बैकलाई उपलब्ध गराउदै आएको छ । उक्त ब्लड कुनैपनि नागरिक ब्लड अभावका कारण मर्न नपरोस भनि यस्तो अभियान चलाएको जागरुक युथ नेपालका अध्यक्ष सन्जिव शाहीले जानकारी दिएकाछन् ।

उक्त अवसरमा १८ जनाले ब्लड डोनेशन गरेका थिए । तर बिभिन्न कारणले गर्दा ७ जनाको काम नलागेको र ११ जनाको ब्लड बैकलाई काम लाग्ने भएको जागरुक युथ नेपालका अध्यक्षले जानकारी दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend