logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

निजामती कर्मचारीको शिर झुक्ने गरी ऐन पारित हुन दिन्नौं :पूर्णबहादुर खड्का


  • जन आकाश
  • शनिबार, चैत्र १७ २०८०

काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति एवम् पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले निजामती कर्मचारीको शिर झुक्ने गरी नेपाल निजामती सेवा ऐन पारित हुन नदिने बताएका छन् ।



नेपाल निजामती कर्मचारी यूनियनद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा पुगेको ऐनलाई सबै तहका कर्मचारीको सेवा, सुविधा, वृत्ति विकासको सुनिश्चित हुने गरी मात्रै ऐन पारित हुने बताए ।

ट्रेड यूनियन अधिकारलाई सुनिश्चित गर्दै कर्मचारीको हितमा ऐनलाई व्यवहारिक बनाउन पार्टीकोतर्फबाट कुनै कसर रहने छैन,´ उनले भने, `यसको लागि कर्मचारी संगठनहरूले पनि आवश्यक पहल गर्नुपर्छ ।´

संसदको ठूलो दलको हैसियतले अन्य दलसँग समेत समन्वय गर्दै छिटोभन्दा छिटो ऐन पारित गर्न भूमिका खेल्ने बताए । यही अधिवेशनबाट ऐन पारित नभए निजामती ऐनको भविष्य अन्योलमा पर्ने उनले बताए ।

सरकार पुनर्गठनअघि काङ्ग्रेसको तर्फबाट नेतृत्व गर्दै उपप्रधानमन्त्री रहेका खड्का निजामती विधेयकको मस्यौदालाई अन्तिम रूप दिन गठित समितिका संयोजक थिए । सोही समितिले सबै सरोकारवालासंग छलफल गरेको विधेयक संससमा पुगेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend