logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

झुम्का कारागारमा कुटपिट गरि एक कैदिको हत्या भएको अफन्तको दावि


  • जन आकाश
  • आइतबार, चैत्र १८ २०८०

काठमाडौं : सुनसरीको झुम्का कारागारभित्र ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ।



पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङको साकेला गाउँपालिकाका राईको शनिबार मृत्यु भएको कारागार प्रमुख धुर्बराज कोइरालाले जानकारी दिए।

यता, मृतक राईका आफन्तले भने कारागारभित्रै कुटेर हत्या गरिएको आरोप लगाएका छन्।

कारागारमा भाइको हत्या भएको दाबी गर्दै घटनाको छानबिन गर्नुपर्ने न्यायधीशका दाइ सुभाष राईले माग गरेका छन्।

न्यायधीशको शरीरभरि नीलडाम रहेको, कान सुन्निएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरिएको उनका भाउजू उर्मिला राईले दाबी गरिन्।

जिल्ला अस्पतालमा उपचारका क्रममा कैदीबन्दी राईको मृत्यु भएको कारागारका प्रमुख कोइरालाले बताए। स्वास्थ्यमा समस्या रहेकाले उपचारका निम्ति जिल्ला अस्पतालमा भर्ना गरेको र उपचारका क्रममा राईको मृत्यु भएको उनको भनाइ छ।

जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पंगेनीले अस्पताल ल्याउनुअघि नै राईको मृत्यु भइसकेको बताइन्।

पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शव परीक्षण गर्न नदिने र नबुझ्ने अडान लिएको भने शव इनरुवा अस्पतालमा राखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend