जन आकाश
काठमाडौं । महालक्ष्मी विकास बैंक र एनआई सी एशिया क्यापिटल लि.बीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजना (Systematic Investment Plan) मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ ।
एन आई सी एशिया क्यापिटल लि.द्धारा सञ्चालित खुला मुखी योजना –एन आई सी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ ।
देशभर रहेका लगानी कर्ताहरुको एन. आइ.सी एसिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ । हाललाई यो सेवा बैंकको दरबार मार्ग शाखामा र्फत र क्रमश देशभरका शाखा कार्यालयहरु मार्फत प्रदान गरिने छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्म साथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेकाछन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend