logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

नेपाल राष्ट्रिय अभिभावक संघको सत्रौं साधारण सभा सम्पन्न


  • जन आकाश
  • मंगलबार, चैत्र २७ २०८०

जयराम बिडारी
काठमाडौ । नेपाल राष्ट्रिय अभिभावक संघको सत्रौं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । चावहिल स्थित टेक्सास कलेजमा शनिवार आयोजित एक भव्य कार्यक्रमका बीच सो भेला सम्पन्न गरिएको हो ।



कार्यक्रम संघका अध्यक्ष कोषबहादुर जिसीको अध्यक्षता तथा संरक्षक धर्मदत्त देवकोटाको प्रमुख आतिथ्य एवं यादव शर्मा,केन्द्रीय सल्लाहाकार एवं पूर्व स्थानीय विकास मन्त्री दिलबहादुर पौडेलको विशेष आतिथ्य रहेको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष सुरेन्द्रप्रसाद कानू ,केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष तथा प्रतिनिधि सहित सयौंका उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि धर्र्मदत्त देवकोटाद्वारा पानसमा द्वीप प्रज्वलित गरी राष्ट्रीय गान, अभिभावक गान तथा ज्ञात अज्ञात सहीदहरुप्रति एक मिनेट मौनधारण गरी संचालित उक्त कार्यक्रममा सचिवालय सदस्य तिलकबहादुर श्रेष्ठ ‘नरेश’ द्वारा स्वागत मन्तव्य राखिएको थियो । स्वागत मन्तव्यका क्रममा नरेशले संस्थागत गतिविधिका बारेमाा प्रकाश पार्दै आगामी दिनमा संघबाट हुनुपर्ने सार्थक भूमिकाको जानकारी गराए ।

यसैक्रममा अध्यक्ष जिसीद्वारा जिल्ला प्रदेश लगायत संघको नेतृत्वमा सम्पन्न गर्नुपर्ने एजेण्डा प्रस्तुत गर्दै विधान परिमार्जनका लागि चाल्नुपर्ने कदमका बारेमा प्रष्ट पार्दै केन्द्र लगायत पालिका स्तरमा सशक्त रुपमा अघि बढ्नका लागि अभिभावक संघले खेल्नुपर्ने भूमिकाका बारेमा जोड दिएका थिए । शिक्षा क्षेत्रमा विद्यमान रहेका ऐन कानून कत्तिको प्रभावकारी र व्यवहारिक छन् ? भन्दै आगामी दिनम संघले खेल्नुपर्ने भूमिकाका लागि यो भेलाले महत्व राख्नेमा जोड दिए । अधिकारको माग गर्ने हामी कर्तव्य पालनामा कतिको इमान्दार छौं ? भन्ने प्रतिप्रश्न गर्दै थोरै बोलेर धेरै काम गर्नुपर्ने आजको आवश्यकता हो भन्दै राज्यको निःशुल्क शिक्षा तथा छात्रवृत्ति कत्तिको प्रभावकारी रुपमा अघि बढेका छन् यसमा अभिभावकहरु चनाखो रहनुपर्ने कुरामा जोड दिए । साथै उक्त कार्यक्रममा केन्द्रीय सल्लाहाकार एवं पूर्व स्थानीय विकास मन्त्री दिलबहादुर पौडेलले शुभकामना मन्तव्य दिंदै यो देशमा राजनीति नीति र सिध्दान्त अनुरुप नचलेको हुँदा समस्या बढ्दो रहेको बताए ।

यसैगरि सो कार्यक्रममा मधेश प्रदेशबाट केन्द्रीय उपाध्यक्ष सुरेन्द्रप्रसाद कानू ,लुम्बिनी प्रदेशका पूर्णचन्द्र पाण्डे,कर्णालीबाट चक्रबहादुर बुढा,सुदुरपश्चिमबाट दिनेशराज जोशी, बागमतीबाट सुभद्रा कोइराला,गण्डकीबाट श्याम शर्मा भुसाल र कोशीबाट सुन्दरबाबु श्रेष्ठले संघको प्रगति विवरण र खेल्नुपर्ने भूमिकाका बारेमा विशेष रिपोर्टिंङ गरेका थिए ।

साथै कार्यक्रममा गण्डकी प्रदेश सहइन्चार्ज नरदेव न्यौपानेद्वारा विधान संसोधन तथा सुझाव प्रस्ताव प्रस्तुत गरेका थिए भने संस्थाका उपमहासचिव हरिभक्त महर्जनद्वारा साङ्गठनिक प्रतिवेदन प्रस्तुत भएको थियो ।सोही कार्यक्रममा कोषाध्यक्ष इन्दिरा खातिद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरिक्षक नियुक्तिका लागि गायत्री दाहाल एण्ड एसोसिएट लाई प्रस्ताव गरिएको थियो ।

उक्त कार्यक्रम नेपाल राष्ट्रिय अभिभावक संघकी महासचिव होम कुमारी तामाङगद्वारा पहिलो सत्रको कार्यक्रम तथा सचिवालय सदस्य तुलाराम ढकालद्वारा दोस्रो सत्रको कार्यक्रम सहजताका साथ संचालन गरेका थिए भने कार्यक्रममा उठेका जिज्ञासाको प्रतिउत्तर अध्यक्ष कोषबहादुर जिसीले प्रतिउत्तर दिएका थिए । धन्यवाद ज्ञापन सहित सभाको समापन उपमहासचिव निर्माणकुमार न्यौपानेद्वारा गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend